काठमाडौँ / शंकर ग्रुपको लगानी रहेको जगदम्बा स्टिल्स लिमिटेडले चालु बर्ष अर्थात अंग्रेजी वर्ष सन् २०२३ मा ४० अर्ब १७ करोड २० लाख रुपैयाँ (अपरिष्कृत) आम्दानी गरेको छ । इन्फोमेरिक्स नेपालको अनुसार उक्त नाफा गत बर्ष २०२२ को तुलनामा १९.२२ प्रतिशतले कम हो । कम्पनीले सन् २०२२ मा ४९ अर्ब ७३ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो ।
यता यस बर्ष गत बर्षको तुलनामा कम्पनीको आम्दानी घटे पनि रेटिङ कम्पनी इन्फमेरिक्स नेपालले कम्पनीलाई ट्रिपल बी इस्युअर रेटिङ दिएको छ । यो रेटिङ प्राप्त गर्ने निकायहरू समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित मानिन्छन् । यस्ता निकायहरूमा मध्यम क्रेडिट जोखिम रहेको हुन्छ ।
कम्पनीले ३५ अर्ब १४ करोड रुपैयाँ कर्जाको लागि रेटिङ गराएको छ । इन्फोमेरिक्सले कम्पनीको १२ अर्ब ५८ करोड रुपैयाँको दीर्घकालीन कर्जाको लागि ट्रिपल बी र २७ अर्ब ६ करोड रुपैयाँको अल्पकालीन कर्जाको लागि ए थ्री प्लस रेटिङ दिएको छ ।
चार बर्षमा कम्पनीको आम्दानी झण्डै डेढ खर्ब
यस कम्पनीले विगत चार बर्षमा झण्डै डेढ खर्ब सञ्चालन आम्दानी गरेको छ । कम्पनीले चार वर्षको अवधिमा अर्थात अंग्रेजी वर्ष २०२० देखि २०२३ सम्ममा १ खर्ब ४० अर्ब ५६ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको छ ।
इन्फोमेरिक्स नेपालको अनुसार चार बर्षको अवधीमा कम्पनीले इतिहासमै सबैभन्दा धेरै व्यापार अंग्रेजी वर्ष २०२२ मा गरेको थियो । यो वर्ष कम्पनीले कीर्तिमानी ४९ अर्ब ७३ करोडको व्यापार गरेको थियो । यस्तै, कम्पनीले सन् २०२० मा २१ अर्ब ९ करोड रुपैयाँ आम्दानी गरेको छ भने, सन् २०२१ मा २९ अर्ब ५५ करोड रुपैयाँ आम्दानी गरेको छ ।
For the year ended* As on | FY20 | FY21 | FY22 | FY23 |
Audited | Unaudited | |||
Total operating income (in NPR Mn) | 21099 | 29557 | 49736 | 40172 |
EVITDA Margin (%) |
6.08 | 7.72 | 8.70 | 8.21 |
Interest Coverage Ratio (X) |
1.00 | 2.41 | 1.96 | 1.10 |
Current Ratio (X) |
1.14 | 1.07 | 1.21 | 1.17 |
Overall Gearing Ratio (X) |
3.80 | 4.00 | 3.29 | 3.09 |
सन् १९९३ मा स्थापित जगदम्बा स्टिल्सको उद्योग बारामा छ । कम्पनीको प्लान्ट बारा जिल्लाको सिमरामा अवस्थित छ । उद्योगको स्टिलजन्य वस्तुको वार्षिक उत्पादन क्षमता २४ लाख ४४ हजार मेट्रिक टन छ । कम्पनीले कोल्ड रोल्ड प्रोडक्ट, रोलिङ मिल प्रोडक्ट, वायर प्रोडक्ट र मेल्टिङ प्रोडक्ट उत्पादन गर्दै आएको छ । कम्पनीको मुलुकभर नै एक हजारभन्दा बढी डिलर छन् ।
जगदम्बा ई, राइनो ५०० डी, जगदम्बा सुपर साइन, जगदम्बा पाइप, जगदम्बा वायर लगायतको ब्राण्डमा स्टिलजन्य उत्पादनहरूको विक्री वितरण गर्दै आएको छ । कम्पनीको अध्यक्षमा शाहिल अग्रवाल छन् । अग्रवाल शंकर ग्रुपका प्रबन्ध निर्देशक समेत हुन् । शंकर ग्रुपको स्टिल, सिमेन्ट, पोलिमर, व्यापार, बीमा लगायतको क्षेत्रमा लगानी छ ।