सानिमा बैंकको ‘दशैं धमाका’ योजना, दराजबाट सामान खरिद गर्ने ग्राहकले १५ प्रतिशतसम्म छुट पाउने

सानिमा बैंकको ‘दशैं धमाका’ योजना, दराजबाट सामान खरिद गर्ने ग्राहकले १५ प्रतिशतसम्म छुट पाउने

मंगलवार, असोज १६ २०८०
मंगलवार, असोज १६ २०८०
  • images
    images
    सानिमा बैंकको ‘दशैं धमाका’ योजना, दराजबाट सामान खरिद गर्ने ग्राहकले १५ प्रतिशतसम्म छुट पाउने
    images
    images

    काठमाडौँ / सानिमा बैंक लिमिटेडले दराजसंग “दशैं धमाका” योजनामा विशेष छुट दिने सहकार्य गरेको छ । 

    नेपालीहरुको महान चाड वडा दशैंंको अवसरमा सानिमा बैंकले ग्राहकहरुका लागि दराजसंग “दशैं धमाका” योजनामा विशेष छुट दिने सहकार्य गरेको हो । 

    योजना अवधिभर बैंकका ग्राहकले दराजबाट सामान खरिद गर्दा डेबिट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । 

    ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम् रु १ हजार ५०० रुपैयाँसम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम् रु २ हजार रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्ने छन् । 

    योजना अवधिभर सहभागी हुने ग्राहकहरुलाई “पहिलोलाई प्राथमिकता” को आधारमा छुट प्रदान गरिने बैंकले जनाएको छ । छुटका लागि ग्राहकहरूले दराजबाट बैंक भौचर सङ्कलन गर्नुपर्नेछ । 

    यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरुले मासिक किस्ताबन्दी सुविधा पनि प्राप्त गर्न सक्नेछन् । यो योजना असोज १७ गतेदेखि असोज ३० गतेसम्म १४ दिनका लागि लागू हुने बैंकले छ ।

    सानिमा बैंकको देशका सातै प्रदेशमा १३२ वटा कार्यालय तथा १२३ वटा ए.टि.एम. संचालनमा रहेका छन् । साथै, सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग एप प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ्ग आउटलेट (कजयउउष्लन यगतभित), होटेल, रेष्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com