नेप्सेमा दुई वाणिज्य बैंकको शेयरमूल्य समायोजन, कुनको कति ?

नेप्सेमा दुई वाणिज्य बैंकको शेयरमूल्य समायोजन, कुनको कति ?

मंगलवार, असोज १६ २०८०
मंगलवार, असोज १६ २०८०
  • images
    images
    नेप्सेमा दुई वाणिज्य बैंकको शेयरमूल्य समायोजन, कुनको कति ?
    images
    images

    काठमाडौँ / नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दुई वाणिज्य बैंकको शेयरमूल्य समायोजन भएको छ। नेप्सेमा एनआइसी एशिया बैंक र एभरेष्ट बैंकको शेयरमूल्य समायोजन भएको हो । 

    यी दुवै बैंकहरूले साधारण सभा तथा लाभांश प्रयोजनका लागि बुक क्लोज गरेसँगै नेप्सेले नयाँ मुल्य निर्धारण गरी मुल्य समायोजन गरेको हो ।

    नेप्सेले एनआइसी एशिया बैंकको शेयरमूल्य समायोजन गरी प्रतिकित्ता ५९० रुपैयाँ ३१ पैसा कायम गरेको छ। बैंकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलाई २९ प्रतिशत बोनश शेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।

    त्यस्तै, नेप्सेले एभरेष्ट बैंकको १० प्रतिशत बोनश शेयर पछि शेयरमूल्य समायोजन गरी ५१४ रुपैयाँ ५५ पैसा कायम गरेको छ। आजबाट यी दुबै बैंकको समायोजित मूल्यलाई आधार मानेर नेप्सेमा कारोबार खुल्नेछ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com