महालक्ष्मी विकास बैङ्कका ग्राहकहरूलाई सुमेरु हस्पिटल, पसल, पार्लरदेखि होटलसम्म विशेष छुट

महालक्ष्मी विकास बैङ्कका ग्राहकहरूलाई सुमेरु हस्पिटल, पसल, पार्लरदेखि होटलसम्म विशेष छुट

बुधवार, असोज १० २०८०
बुधवार, असोज १० २०८०
  • images
    images
    महालक्ष्मी विकास बैङ्कका ग्राहकहरूलाई सुमेरु हस्पिटल, पसल, पार्लरदेखि होटलसम्म विशेष छुट
    images
    images

    काठमाडौँ / महालक्ष्मी विकास बैङ्कले आफ्ना ग्राहकहरूलाई विशेष सेवा सुविधा उपलब्ध गराउनको लागि विभिन्न संस्थाहरूसँग छुट सम्झौता गरेको छ । 

    ‘सबल बैङ्क, सफल सहकार्य’को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २९ वर्ष देखि अनवरत रूपले गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आएको बैङ्कले स्वास्थ्य, श्रृङ्गार र होटल तथा रेष्टुरेन्ट क्षेत्रका संस्थाहरूसँग समन्वय गरेको हो । 

    सम्झौता पश्चात महालक्ष्मी विकास बैङ्कका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैङ्किङ्ग प्रयोग गर्ने ग्राहकहरूले उक्त संस्थाहरूका विभिन्न सेवाहरूमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

    सम्झौता अनुसार सुमेरु हस्पिटल धापाखेलमा ओपिडी तथा ओपिडी सर्भिसेजमा १० प्रतिशत, फार्मेसीमा ५ प्रतिशत, एशियन बुद्ध होटल, सिद्धार्थनगर-६, भैरहवामा फुड, वेभरेज, ग्रील बारमा १०, स्पामा २०, मल्ल होटल, आँबुखैरेनी–३, तनहुँमा फेन्सी आइटममा १०, रिशु ब्युटी पार्लर, हेटौँडा-४, मकवानपुरबाट ब्युटी सर्भिसेजमा १० प्रतिशत अर्थात एक हजार रुपैयाँसम्म तथा ब्युटीफुल कलेक्सन बाँसबारी, काठमाडौँबाट क्लोथिन प्रोडक्टस्मा १० र ब्याग तथा सुजमा ५ प्रतिशत छुट उपलब्ध हुनेछ । 

    सो सहकार्यबाट बैङ्कका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैङ्किङ्ग प्रयोग गर्ने ग्राहकहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने विश्वास रहेको बैङ्कले जनाएको छ । साथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षत्कार गराउने उद्देश्यले बैङ्कले विभिन्न शाखाहरूबाट वित्तीय जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com