रोमन एर्मोसिनको मिडिया अन्तर्क्रिया कार्यक्रम सम्पन्न, कम्पनीको वर्तमान अवस्था र आगामी योजना के छ ?

रोमन एर्मोसिनको मिडिया अन्तर्क्रिया कार्यक्रम सम्पन्न, कम्पनीको वर्तमान अवस्था र आगामी योजना के छ ?

मंगलवार, असोज २ २०८०
मंगलवार, असोज २ २०८०
  • images
    images
    रोमन एर्मोसिनको मिडिया अन्तर्क्रिया कार्यक्रम सम्पन्न, कम्पनीको वर्तमान अवस्था र आगामी योजना के छ ?
    images
    images

    काठमाडौँ / नेपालमा ‘राइड सेयर’ सेवाको लोकप्रियतासँगै ‘इनड्राइभ पनि नेपालमा प्रवेश गरेको छ। ‘इनड्राइभ’ले राइडशेयर कम्पनीहरूको भीडमा बिस्तारै लोकप्रियता प्राप्त गर्दैछ। अन्य प्रतिस्पर्धी ब्रान्डको तुलनामा यात्रुहरूका लागि सस्तो भाडा र चालकहरूका लागि कुनै ुकमिशनु नभएका कारण यो लोकप्रिय रहँदै आएको छ।

    एशिया प्यासिफिक (एपीएसी)का लागि इनड्राइभका निर्देशक रोमन एर्मोसिन हाल काठमाडौँमा छन्। नेपाली सञ्चारमाध्यमसँगको अन्तरक्रियामा उनले कम्पनीको वर्तमान अवस्था र आगामी योजनाका बारेमा जानकारी गराएका थिए।

    सो अवसरमा इर्मोशिनले इनड्राइभले सरकारी निकायमा दर्ताका लागि आवेदन गरिसकेको र स्वीकृतिको पर्खाइमा रहेको बताए।

     “हामी अनुसन्धान र विकास गतिविधिहरूमार्फत नयाँ बजारहरू परीक्षण गर्ने एक साझा उद्योग अभ्यासलाई पछ्याउँछौं। नेपालमा, हामीले कुनै शुल्क वा कमीशन नलिई नागरिकहरूलाई ‘इनड्राइभ’ एप प्रदान गर्दैछौं। यसले हामीलाई आधिकारिक रूपमा हाम्रा सेवाहरू सुरु गर्नुअघि बजार र यसको सम्भावना बुझ्न मद्दत गर्दछ। हामी सान्दर्भिक सरकारी निकायहरूसँग सम्पर्कमा छौं र आधिकारिक सुरुवात गर्नु अघि कानूनद्वारा आवश्यक इजाजतपत्र र स्वीकृतिहरू प्राप्त गर्न प्रतिबद्ध छौं।” राइडहेलिङ (एपीएसी) इनड्राइभका निर्देशक रोमन एर्मोसिनले भने।

    वर्षौंदेखि विकसित हुँदै, इन्ड्राइभर (स्वतन्त्र चालकहरू) हाल इन्ड्राइभ (इनर ड्राइभ)को रूपमा शहरी सेवाहरूको लागि मार्केटप्लेसमा परिणत भएको छ। 

    इन्ड्राइभ यात्रुहरूद्वारा सञ्चालित कम्पनी हो जसले विश्वमा मानव समानुभूतिलाई प्रतिस्थापन गर्न सक्ने कुनै प्रविधि छैन भन्ने विश्वास गर्छ। राइड–हेलिङ एपहरू बढी मानिसका लागि हुन् र हुनुपर्छ भनेर इन्ड्राइभले प्रमाणित गर्दै आएको छ। इन्ड्राइभमा रहेको फेयर प्राइसमा यात्रुहरु सहमत हुन सक्दछन्।

    आज, इन्ड्राइभ संसारमा दोस्रो सबैभन्दा धेरै डाउनलोड गरिएको मोबिलिटी एप हो र यसले पाँच महादेशका ४८ देशमा ७०० भन्दा बढी सहरहरूमा विश्वभर १० करोड भन्दा धेरै प्रयोगकर्ताहरूलाई निरन्तर सेवा दिईरहेको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com