नेपालले कोदो उत्पादन बढाउनुपर्छः कृषिमन्त्री भुसाल

नेपालले कोदो उत्पादन बढाउनुपर्छः कृषिमन्त्री भुसाल

बुधवार, भदौ २० २०८०
बुधवार, भदौ २० २०८०
  • नेपालले कोदो उत्पादन बढाउनुपर्छः कृषिमन्त्री भुसाल

    काठमाडौँ / कृषि तथा पशुपंक्षी विकासमन्त्री वेदुराम भुसालले नेपालले कोदो उत्पादन बढाउनुपर्ने बताएका छन्। मंगलवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। 

    images
    images

    नेपालको पहाडी भूभाग कोदो उत्पादनका लागि उर्वर रहेको भन्दै मन्त्री भुसालले कोदो उत्पादन गरी विदेशमा निर्यात गर्नसक्नुपर्ने बताए। 

    मन्त्री भुसालले बाँदर आतंकबाट पनि अन्य अन्नबालीको तुलनामा कोदोलाई कम क्षति हुने भएकाले कोदोको उत्पादन गर्न आग्रह गरे। सरकारले पनि कोदो उत्पादनलाई बढावा दिनेगरी काम गरिरहेको मन्त्री भुसालको भनाइ छ। 

    मन्त्री भुसालले कोदो स्वास्थ्यका लागि लाभदायी रहेको उल्लेख गरे। उनले समाजमा खानपानमा आएको परिवर्तनसँगै अस्वस्थताको कमी हुँदै गइरहेको समयमा प्राकृतिक कृषितर्फ र प्राकृतिक खानपानतर्फ मानिसहरुले रुचि राखिरहेको बताए।  खाद्यान्न वृद्धि गर्ने नेपालको अभियानलाई अगाडि बढाउन कोदो उत्पादन मुख्य सावित हुनसक्ने उनले बताए। 

    मन्त्री भुसालले भने, ‘केही दशक अघिसम्म आम नेपाली जनतको खाद्य सुरक्षा र पोषणको एउटा प्रमुख श्रोतका रुपमा कोदो रहेको थियो  म आफैँ सानोमा कोदो रोपेको छु, धेरै परिकार खाएको छु। अहिले क्रमशः घट्दै गएको छ। त्यसलाई फेरि हामीले क्रमशः पुनःस्थापना गर्न खोज्दैछौँ। समाजमा खानपानमा जुन खालको परिवर्तन आयो। यो बीचमा, जुन खानपानले स्वास्थ्यको निम्ति लाभभन्दा हानी बढी गरेको छ, त्यसले पुनः प्राकृतिक कृषितर्फ र प्राकृतिक खानपानतर्फ अघि बढ्ने व्यवहार सुरु भएको छ। त्यो धेरै सकारात्मक छ। अहिले जुन खालको कुपोषणबाट हामी पीडित भएका छौँ, जुन हिसाबले पोषण कम भएको पाइन्छ, त्यसमा कोदो प्रवर्द्धन गरी मुख्य खानाको रुपमा प्रयोग गरे लाभदायक हुन्छ। नेपालको भौगोलिक हिसाबले पनि पहाडी क्षेत्र कोदो उत्पादनका लागि उर्वर छ, खाद्यान्न वृद्धिको जुन अभियान हामीले भनेका छौँ, त्यसका लागि यो महत्त्वपूर्ण क्षेत्र एउटा हो। जसलाई हामीले मकै र कोदो एकैपटक लगाउन सक्छौँ। जलवायु परिवर्तनको क्षेत्रमा आएको विश्वव्यापी परिवर्तनले खाद्यान्न उत्पादनको जोखिम छ, त्यसमा कोदो उत्पादन बढाउँदा राम्रो हुन्छ।’ 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय