बीमालेख धितो कर्जा प्रवाहबाट जीवन बीमा कम्पनीले गर्यो साढे ७ अर्ब बढि आम्दानी, कुनको कति ?

बीमालेख धितो कर्जा प्रवाहबाट जीवन बीमा कम्पनीले गर्यो साढे ७ अर्ब बढि आम्दानी, कुनको कति ?

सञ्चालनमा रहेको १४ जीवन बीमा कम्पनीहरूले बीमालेख धितो कर्जा प्रवाहबाट ७ अर्ब ८८ करोड ८२ लाख रुपैयाँ आम्दानी गरेका हुन् ।

शुक्रवार, भदौ १५ २०८०
शुक्रवार, भदौ १५ २०८०
  • images
    images
    बीमालेख धितो कर्जा प्रवाहबाट जीवन बीमा कम्पनीले गर्यो साढे ७ अर्ब बढि आम्दानी, कुनको कति ?
    images
    images

    काठमाडौँ / जीवन बीमा कम्पनीहरुले बीमालेख धितो कर्जा प्रवाहबाट साढे ७ अर्ब रुपैयाँ भन्दा बढि आम्दानी गरेका छन् । 

    नेपाल बिमा प्राधिकरण सार्वजनिक गरेको तथ्याङ्क अनुसार सञ्चालनमा रहेको १४ जीवन बीमा कम्पनीहरूले बीमालेख धितो कर्जा प्रवाहबाट ७ अर्ब ८८ करोड ८२ लाख रुपैयाँ आम्दानी गरेका हुन् ।

    बीमा कम्पनीहरुले बीमितले कर्जा लिइसकेपछि तिरेको ब्याज रकमबाट आम्दानी गरेका हुन्छन्। बीमा कम्पनीहरुको यस्तो आम्दानी अघिल्लो आर्थिक वर्षको तुलनामा २६ प्रतिशतले बढ्न पुगेको छ। बीमालेख धितो कर्जाको दायरा बढेसँगै बीमालेख धितो कर्जाबाट हुने आम्दानीसमेत बढ्न पुगेको हो। अघिल्लो आर्थिक वर्षमा कम्पनीहरुले ६ अर्ब २४ करोड रुपैयाँ यस्तो कर्जा प्रवाह गरी आम्दानी गरेका थिए। 

    सबैभन्दा धेरै आम्दानी नेपाल लाइफको कम रिलायबल नेपालको 

    नेपाल लाइफ इन्स्योरेन्सले बीमालेख धितो कर्जाबाट सबैभन्दा धेरै आम्दानी गरेको छ । नेपाल लाइफले २ अर्ब ९७ करोड रुपैयाँ आम्दानी गरेको छ। 

    यस्तै, सबैभन्दा कम रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले गरेको छ । रिलायबल नेपाल लाइफले ९० लाख रुपैयाँ बीमालेख धितो कर्जाबाट आम्दानी गरेको छ । 

    अन्य कुन बीमा कम्पनीको कति ? 

    बीमालेख धितो कर्जा एलआईसी नेपालले २ अर्ब ३६ करोड रुपैयाँ, नेसनल लाइफले ८२ करोड रुपैयाँ, एसियन लाइफले ४२ करोड ९३ लाख रुपैयाँ, हिमालयन लाइफले ४२ करोड २२ लाख रुपैयाँ र सूर्यज्योतिले ३३ करोड २७ लाख रुपैयाँ आम्दानी गरेका छन्। 

    यस्तै, राष्ट्रिय बीमा संस्थानले १८ करोड ९ लाख रुपैयाँ, मेट लाइफले १५ करोड ८९ लाख रुपैयाँ, सिटिजन लाइफले ५ करोड २४ लाख रुपैयाँ, आईएमई लाइफले ५ करोड ३८ लाख रुपैयाँ, प्रभु महालक्ष्मीले ३ करोड ७२ लाख रुपैयाँ, सानिमा रिलायन्सले २ करोड ७२ लाख रुपैयाँ र सन नेपालले २ करोड १७ लाख रुपैयाँ आम्दानी गरेका छन्। 

    बीमा प्राधिकरणद्वारा जारी निर्देशिकाबमोजिम बीमा कम्पनीहरुले बीमालेख धितो राखी कर्जा प्रवाह गर्दा वाणिज्य बैंकहरुको तोकेको ब्याजदरभन्दा बढी नहुने गरी बीमा कम्पनीको सञ्चालक समितिको स्वीकृति लिई निर्धारण गर्न सक्ने व्यवस्था रहेको छ। हाल बीमा कम्पनीहरुले आ–आफ्नै तरिकाले ब्याजदर लिइरहेका छन्।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com