शिवम् सिमेन्ट ‘अर्गनाईजेसन सेल्स इक्स्लेन्ट अवार्ड–२०२३’द्वारा सम्मानित

शिवम् सिमेन्ट ‘अर्गनाईजेसन सेल्स इक्स्लेन्ट अवार्ड–२०२३’द्वारा सम्मानित

आइतवार, भदौ १० २०८०
आइतवार, भदौ १० २०८०
  • images
    images
    शिवम् सिमेन्ट ‘अर्गनाईजेसन सेल्स इक्स्लेन्ट अवार्ड–२०२३’द्वारा सम्मानित
    images
    images

    काठमाडौँ / शिवम् सिमेन्ट लिमिटेड ‘अर्गनाईजेसन सेल्स इक्स्लेन्ट अवार्ड–२०२३’बाट सम्मानित भएको छ । भदौ ८ गते काठमाडौँमा ग्रोथ सेलरद्वारा आयोजित ‘सेल्स समिट २०२३’ कार्यक्रममा शिवम्ले उक्त अवार्ड हात पारेको हो । 

    उक्त कार्यक्रममा शिवम् सिमेन्ट्स लिमिटेडका भाइस प्रोसिडेन्ट निखिल अग्रवाल ‘अर्गनाईजेसन सेल्स इक्स्लेन्ट अवार्ड–२०२३’बाट सम्मानित भएका हुन् । 
    यसभन्दा पहिला पनि शिवम् सिमेन्टले सिमेन्ट जगतमै पहिलो पटक एन.एस क्वालिटी अवार्ड–२०१९ प्रथमबाट सम्मानित भएको थियो । 

    बेस्ट म्यानेज्ड कम्पनी अफ द एयर २०२२ अवार्ड प्राप्त शिवम् सिमेन्टले ५३ ग्रेड तथा ४३ ग्रेडको ओ.पि.सि. सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आइरहेको छ । देशका राष्ट्रिय गौरवका योजना तथा अन्य ठुला–ठुला परियोजनाहरूमा  साथै अनेकौँ संरचना निर्माणमा समेत महत्त्वपूर्ण भुमिका निर्वाह गर्दै आइरहेको शिवम् सिमेन्ट जनशक्ति, आन्तिरिक व्यवस्थापन, पारदर्शिता, ६० हजार भन्दा बढी सेयरहोल्डर एवंम कुशल व्यवस्थापक तथा व्यवस्थापनका कारण पटक पटक विभिन्न तवरबाट सम्मानित हँुदै आइरहेको छ ।

    नेपालको केन्द्र भाग हेटौँडामा स्थापित यस सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधी युक्त प्लान्टबाट आफ्नै चुनढुङ्गाकोे प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र ४३ तथा ५३ ग्रेडको शिवम् सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ । उच्च गुणस्तर, निःशुल्क प्राविधिक सेवा समेतका कारणले गर्दा नै शिवम् सिमेन्ट ग्राहकहरुद्वारा अत्याधिक रुचाइएको तथा विश्वास गरिएको असली ओ.पि.सि. सिमेन्ट बन्न सफल भएको हो ।

    नेपाल गुणस्तर चिन्ह ५७२, ४९ तथा बिआइएस (आइएसआइ) युआरएस प्रमाणित आएइएसओ सर्टिफिकेट प्राप्त शिवम् सिमेन्टले देशको भौतिक विकास निर्माणमा विभिन्न असहज परिस्थितिमा पनि निरन्तर सेवा तथा सुविधा दिदैँ आएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com