सोमबारको राशिफल : तपाईँको लागि आजको दिन कति शुभ कति अशुभ ?

सोमबारको राशिफल : तपाईँको लागि आजको दिन कति शुभ कति अशुभ ?

सोमवार, भदौ ९ २०८२
सोमवार, भदौ ९ २०८२
  • सोमबारको राशिफल : तपाईँको लागि आजको दिन कति शुभ कति अशुभ ?

    आज वि.सं.२०८२ साल भाद्र ९ गते, सोमबार तदनुसार ईश्वी सन् २०२५ अगस्ट २५ तारिख, नेपाल संवत् ११४५, सिद्धार्थी संवत्सर, दक्षिणायनं, वर्षा ऋतु, श्रीशाके १९४७, भाद्र शुक्लपक्ष, द्वितीया तिथी, बिहान ११ः४३ बजेपछि तृतीया, उत्तराफाल्गुनी नक्षत्र, आनन्दादिमा–श्रीवत्स योग, चन्द्रराशि–सिंह, बिहान ८ः५६  बजेपछि कन्या, दरखाने दिन ।

    images
    images

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    आज प्रतिस्पर्धामा सफलता प्राप्त गर्ने सम्भावना छ। व्यापारमा लगानी लाभदायक बन्ने संकेत छन्। अध्ययनमा मेहनत गर्दा प्रगति हुनेछ र तार्किक क्षमतामा वृद्धि हुनेछ। तर, स्वास्थ्यप्रति सचेत रहनुहोस् र खर्च नियन्त्रणमा राख्नुहोस्। ईर्ष्या गर्नेहरूबाट सावधान रहनु आवश्यक छ। अवसर खोज्दा परिवारबाट केही समय टाढिनुपर्ने हुन सक्छ।

    वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
    व्यापारमा लगानी लाभदायक हुनेछ र आकस्मिक धनलाभको सम्भावना छ। माया–प्रेम र सामाजिक कार्यमा समय बित्दा मन प्रसन्न रहनेछ। तर, महत्त्वपूर्ण योजनाहरू गोप्य राख्नुहोस्, नजिकका व्यक्तिबाट बाधा आउन सक्छ। पारिवारिक असमझदारी समाधानमा ध्यान दिनुहोस्। बौद्धिक विकास र अध्ययनमा प्रगति हुनेछ। प्रयासले बिस्तारै लक्ष्य हासिल हुने संकेत छन्।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
    उद्योग–व्यापारबाट विशेष लाभ हुने योग छ र स्थायी सम्पत्ति विवाद समाधान हुन सक्छ। नयाँ काम वा नोकरीमा सुगम स्थानान्तरण सम्भावित छ। अध्ययन र यात्रा शुभ रहनेछन्। तर, खर्च बढ्ने, ईर्ष्या गर्नेबाट अवरोध र अनावश्यक साइनोबाट समस्या आउन सक्छ। वचनमा सावधानी अपनाउनुहोस् र असमझदारीलाई सहमतिमा बदल्ने प्रयास गर्नुहोस्।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    माया–प्रेम र सामाजिक सम्बन्ध सुदृढ हुनेछन्। रोकिएका काम बिस्तारै अघि बढ्नेछन् र मेहनतले सम्मानित स्थान दिलाउनेछ। तर, आँटेको काममा ढिलाइ र लेनदेनमा सावधानी आवश्यक छ। सहयोगी बीचमै हट्न सक्छन्, त्यसैले सतर्क रहनुहोस्। व्यापारमा आंशिक लाभ हुनेछ र अवसर आए पनि समयमै कदम चाल्नु जरुरी छ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    व्यवसाय फस्टाउँदै आम्दानी बढ्नेछ र रोकिएका रकम हात लाग्नेछन्। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ र प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। बोली र बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ। माया–प्रेममा सामिप्यता बढ्नेछ, तर कार्यक्षेत्रमा सतर्कता आवश्यक छ। सानो प्रयत्नले ठूलो सफलता मिल्ने संकेत छन्।

    कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
    व्यवसायबाट प्रशस्त आम्दानी हुनेछ र आर्थिक पक्ष मजबुत रहनेछ। नयाँ कामको प्रस्ताव आउनेछ र सहयोगीहरूको साथमा प्रतिष्ठित काम गर्दै नाम, दाम र इनाम कमाउने अवसर मिल्नेछ। पढाइमा सफलता प्राप्त हुनेछ र रचनात्मक काम सुरु गर्न अनुकूल समय छ। तर, स्वास्थ्यप्रति ध्यान दिनुहोस् र छिटो परिणामको लोभ नगर्नुहोस्। परिवारसँग रमाइलो समय बित्ने योग छ।

    तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
    अध्ययन र काममा तालमेल नहुँदा चुनौती आउन सक्छ, तर व्यापारी र सामाजिक क्षेत्रमा समय सहयोगी रहनेछ। आम्दानीका नयाँ स्रोतहरू फेला पर्नेछन् र निर्माणसम्बन्धी कार्य सफल हुनेछ। विदेशी लगानी संस्थामा अवसर मिल्ने संकेत छन्। खर्च बढ्न सक्छ, त्यसैले लगानी सावधानीपूर्वक गर्नुहोस्। नयाँ योजना सुरु गर्न हतार नगरी उपयुक्त समय कुर्नु श्रेयष्कर हुनेछ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    व्यापार र पुँजी बजारमा लगानी लाभदायक हुनेछ र आम्दानीका नयाँ स्रोतहरू फेला पर्नेछन्। नोकरीका अवसर बढ्नेछन् र आत्मबलले नयाँ योजनाको रूपरेखा बनाउन मद्दत गर्नेछ। पहिलेको आम्दानीले समस्या समाधान हुनेछ, तर फाइदा तत्काल देखिन नपार्ने सम्भावना छ। जिम्मेवारी बढ्नेछ, आवश्यक पर्दा कर्जाबाट धन जुटाउन सकिनेछ। दाम्पत्य र सामाजिक सम्बन्ध सुदृढ हुनेछन्।

    धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
    व्यापार, शेयर बजार र उद्योगमा लगानी लाभदायक हुनेछ। विवादित विषयहरू समाधान हुनेछन् र नयाँ काम वा नोकरीमा बढोत्तरीको अवसर आउन सक्छ। सामाजिक मान–प्रतिष्ठा बढ्नेछ र शैक्षिक क्षेत्रमा प्रगति सम्भावित छ। तर, केही काममा ढिलाइ र कमजोरी उजागर हुने जोखिम छ, त्यसैले सतर्क रहनुहोस्। लगनशीलता र आँटले दीर्घकालीन सफलता दिलाउनेछ।

    मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
    व्यापार, शेयर बजार र औद्योगिक क्षेत्रमा लगानीले मनग्गे आम्दानी दिलाउनेछ। सानो प्रयासले पनि परिणाममुखी काम पूरा गर्न सकिनेछ। प्रेम र भेटघाटमा समय रमाइलो बित्नेछ। धार्मिक तथा आध्यात्मिक रुचि बढ्नेछ। रोकिएका कार्य दोहोर्याएर सफलता मिल्नेछ। तर आर्थिक क्रियाकलापमा बाधा, गोपनीयता बाहिरिनु र वस्तुमा दाबी हुन सक्ने जोखिम रहन्छ। मेहनतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउनेछ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
    व्यापारमा वृद्धि हुनेछ र नसोचेको धन तथा सम्पत्ति हात लाग्नेछ। गहिरो अध्ययन, अनुसन्धान र प्रेम सम्बन्धमा समय अनुकूल रहनेछ। विवादित मुद्दा समाधान हुनेछन् र प्रतिस्पर्धीलाई पछाडि पारेर अगाडि बढ्न सकिनेछ। तर, सामान्य काममा श्रम खर्च बढ्ने र स्वास्थ्यमा कमजोरी आउने सम्भावना छ। गोपनीयता र सहयोगीको विश्वासमा सावधानी आवश्यक छ, जसले क्षति कम गर्न मद्दत गर्नेछ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
    व्यापार र वित्तीय क्षेत्रमा लगानीले मनग्गे आम्दानी दिलाउनेछ र भौतिक तथा बिलासी वस्तु उपहारका रूपमा प्राप्त हुनेछन्। माया–प्रेममा सामिप्यता बढ्नेछ र यात्रा तथा अध्ययनमा सफलता सम्भावित छ। परिवार र मित्रसँग रमाइलो समय बित्नेछ। कार्यक्षेत्रमा सोचविचारपूर्वक निर्णय लिनु आवश्यक छ। लगनशीलताले छोटो समयमा फाइदा दिलाउनेछ भने विशेष उपहार र सामाजिक मान–प्रतिष्ठा पनि बढ्नेछ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय