images
Logo
images

१७ औँ संस्करणको नाडा अटो शो आजदेखि सुरु, प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने

१७ औँ संस्करणको नाडा अटो शो आजदेखि सुरु, प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने

मंगलवार, भदौ ३ २०८२
मंगलवार, भदौ ३ २०८२
  • १७ औँ संस्करणको नाडा अटो शो आजदेखि सुरु, प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने

    काठमाडौँ / १७ औँ संस्करणको नाडा अटो शो २०२५ आजदेखि काठमाडौँमा सुरु हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले यसको उद्घाटन गर्नेछन् ।

    images
    images

    नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालद्वारा आयोजित शोमा चिनियाँ कम्पनी चांगन र इह्याङको सहकार्यमा निर्माण गरिएको उड्ने कार र युनिट्रीको अटोनोमस रोबोट मुख्य आकर्षण रहेका छन् ।

    प्रदर्शनीमा टेस्ला, टाटा, सुजुकी, बिवाइडी, हार्ले डेविड्सनलगायत १०० भन्दा बढी ब्रान्डका सवारीसाधन, पार्टस, उपकरण र वित्तीय सेवाहरू समावेश छन् । दैनिक १०ः३० देखि ७ बजेसम्म सञ्चालन हुने यो शो अवलोकन गर्न एक लाखभन्दा बढी दर्शक आउने अपेक्षा गरिएको छ । 

    केही हप्ताअघि सम्पन्न नाइमा मोबिलिटी एक्स्पोपछि आयोजना भएको यस शोले नेपालमा तीव्र रूपमा परिवर्तन भइरहेको अटोमोबाइल प्रविधिलाई प्रस्तुत गर्ने लक्ष्य लिएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय