images
Logo
images

धनुषामा फस्टाउँदै अवैध देह व्यापार : लज सञ्चालकसहित तीन जोडी पक्राउ

धनुषामा फस्टाउँदै अवैध देह व्यापार : लज सञ्चालकसहित तीन जोडी पक्राउ

मंगलवार, भदौ ३ २०८२
मंगलवार, भदौ ३ २०८२
  • धनुषामा फस्टाउँदै अवैध देह व्यापार : लज सञ्चालकसहित तीन जोडी पक्राउ

    जनकपुर / विगत केही महिनादेखि धनुषाका विभिन्न क्षेत्रमा देह व्यापार फस्टाउँदै गएको पाइएको छ । खासगरी धनुषाको ढल्केवर र आसपासका क्षेत्रहरूमा अवैद्य देह व्यापार हुने लज, डान्सबारहरू सञ्चालनमा आइरहेको छ । 

    images
    images

    स्थानीयहरूले यस सम्बन्धमा धनुषा प्रहरीलाई जानकारी गराएपछि ती अवैध लज र डान्सबारहरूमा प्रहरीले छापा मार्न थालेका छन् । सोही क्रममा धनुषाको गणेशमानचारनाथ नगरपालिकामा अवैध देह व्यापारमा संलग्न आरोपमा सात जनालाई प्रहरी पक्राउ गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय धनुषा र इलाका प्रहरी कार्यालय ढल्केबरको संयुक्त टोलीले  सोमबार साँझ धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नं. ७ स्थित दुईवटा होटलमा छापा मारेको छ ।

    प्रहरीले मानव होटल र गोदावरी होटल मा छापा मार्दा मानव होटलबाट ३ जना महिला, तीन जना पुरूष सहित सञ्चालक राजेन्द्र महतोलाई पक्राउ गर्न सफल भएको धनुषा प्रहरीले जानकारी दिएको छ  ।

    यस्तै, गोदावरी होटलबाट १ जना महिला र १ जना पुरूषलाई पक्राउ गरेको छ । उक्त होटलका सञ्चालक विजय राउत भने फरार रहेको प्रहरीले जनाएको छ ।

    पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि ईलाका प्रहरी कार्यालय ढल्केबरमा रखिएको छ भने फरार होटल सञ्चालक राउतको खोजी जारी रहेको धनुषा प्रहरीले जनाएको छ ।

    यस अघि ढल्केवर र महोत्तरीको वर्दिवासका विभिन्न स्पा एण्ड मसाज सेन्टर तथा डान्सबारमा प्रहरीले छापा मारेका थिए । ढल्केवरको डान्सबारमा भारतीय पर्यटक र युवाहरूको दिनहु घुँइचो लाग्न थालेपछि होहोल्ला र झैझगडा हुने गरेको थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय