images
Logo
images

नेपाल बैंक र ओम अध्याय रिट्रिटबिच सम्झौता, ग्राहकहरूलाई विशेष छुट

नेपाल बैंक र ओम अध्याय रिट्रिटबिच सम्झौता, ग्राहकहरूलाई विशेष छुट

मंगलवार, भदौ ३ २०८२
मंगलवार, भदौ ३ २०८२
  • नेपाल बैंक र ओम अध्याय रिट्रिटबिच सम्झौता, ग्राहकहरूलाई विशेष छुट

    नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू, कर्मचारीका परिवारका सदस्यहरू र बैंकमा खाता रहेका ग्राहकहरूलाई मकवानपुर जिल्लाको थाहा नगरपालिका १३, बज्रबाराही स्थित रहेको रिसोर्ट ओम अध्याय रिट्रिट प्रा.लि. ले प्रदान गर्ने सेवामा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । 

    images
    images

    सो सम्झौता बमोजिम नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू, कर्मचारीका परिवारका सदस्यहरू र बैंकमा खाता रहेका ग्राहकहरूलाई ओम अध्याय रिट्रिट प्रा.लि. ले प्रदान गर्ने रिसोर्टका विविध सेवाहरुमा लाग्ने शुल्कहरूमा बिल रकमको १० प्रतिशत देखि १५ प्रतिशतसम्म छुट हुने व्यवस्था गरिएको छ ।   

    सम्झौता पत्रमा मिति २०८२ साल भदौ ०२ गते बैकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी र ओम अध्याय रिट्रिट प्रा.लि. को तर्फबाट निर्देशक सुजन अधिकारीले हस्ताक्षर गरे । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय