images
Logo
images

चालु आर्थिक बर्षको पहिलो महिनामा वीरगञ्ज भन्सारले उठायो १८ अर्ब ३९ करोड राजस्व

चालु आर्थिक बर्षको पहिलो महिनामा वीरगञ्ज भन्सारले उठायो १८ अर्ब ३९ करोड राजस्व

मंगलवार, भदौ ३ २०८२
मंगलवार, भदौ ३ २०८२
  • चालु आर्थिक बर्षको पहिलो महिनामा वीरगञ्ज भन्सारले उठायो १८ अर्ब ३९ करोड राजस्व

    वीरगञ्ज (पर्सा) / वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो साउन महिनामा रु १८ अर्ब ३९ करोड ६७ लाख राजस्व सङ्कलन गरेको छ । 

    images
    images

    वीरगञ्ज भन्सार कार्यालय र सुक्खा बन्दरगाह भन्सार कार्यालय एउटै कार्यालयमा गाभिएपछि सो राजस्व सङ्कलन भएको हो । गत साउन १ गतेदेखि दुवै कार्यालयले एउटैमा गाभिएर सेवा प्रवाह गर्दै आइरहेका छन् । 

    कार्यालयका अनुसार चालु आवको साउन महिनाको मासिक लक्ष्यको ८७  दशमलव ६८ प्रतिशत राजस्व सङ्कलन भएको छ । भन्सार विभागले कार्यालयलाई साउन महिनामा रु २० अर्ब ९८ करोड २१ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेको थियो । 

    कार्यालयले गत आवको साउन महिनामा भने रु १५ अर्ब ९२ करोड राजस्व सङ्कलन गरेको वीरगञ्ज भन्सारका प्रमुख भन्सार प्रशासक प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले जानकारी दिए । 

    विभागले कार्यालयका लागि वार्षिक रु दुई खर्ब ७३ अर्ब ३९ करोड ४८ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय