काठमाडौँ / मौसम पूर्वानुमान महाशाखा, मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेकोले नेपालमा मनसुन केही कमजोर रहेको छ। तथापि, बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रम रहिरहेको छ।
हाल देशभर साधारणतया बदली रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा मध्यम वर्षा भइरहेको छ साथै, कर्णाली प्रदेशका पहाडी भू(भागका एक दुइ स्थानमा हल्का वर्षा भईरहेको छ।
आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको तराई र पहाडी भूभाग लगायत देशको बाँकी पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी तराई भूभागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।
लुम्बिनी प्रदेशको तराइ लगायत कोशी प्रदेश र बाग्मती प्रदेशको पहाडी भुभागको एक-दुइ स्थानमा भारी बर्षाको सम्भाबना रहेको छ।
आज राति कोशी प्रदेश र मधेश प्रदेश प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ ।
मधेश प्रदेश, कोशी प्रदेशको पहाडी तथा तराई भूभाग लगायत बाँकी प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी तराई भूभागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको तराई भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
मङ्गलबार दिउँसो देशभर साधारणतया बदली रहनेछ । बागमती प्रदेश, गण्डकी प्रदेश,कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशका पहाड र तराइ साथै कोशी प्रदेशको पहाडी भूभाग केही स्थानहरूमा र मधेश प्रदेश र कोशीको तराइको एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।
लुम्बिनी प्रदेशको पहाड र तराइ साथै कोशी प्रदेश, बाग्मती प्रदेश, र कर्णाली प्रदेशका पहाडी भूभागका एक-दुइ स्थानमा भारी बर्षाको सम्भाबना रहेको छ।
मङ्गलबार राति कोशी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ ।
कोशी प्रदेशको पहाडी तथा तराई भूभाग लगायत बाँकी प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी तराई भूभागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको तराई भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
कोशी प्रदेशको तराइ र पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले पछिल्लो मौसमी सूचनाको जानकारी लिन मौसमविद्ले आग्रह गरेका छन् ।