शनिबारको राशिफल : आज श्रीकृष्ण जन्माष्टमीको दिन तपाईँको समय कस्तो चल्दैछ ?

शनिबारको राशिफल : आज श्रीकृष्ण जन्माष्टमीको दिन तपाईँको समय कस्तो चल्दैछ ?

शनिवार, साउन ३१ २०८२
शनिवार, साउन ३१ २०८२
  • शनिबारको राशिफल : आज श्रीकृष्ण जन्माष्टमीको दिन तपाईँको समय कस्तो चल्दैछ ?

    आज वि.सं.२०८२ साल साउन ३१ गते, शनिबार तदनुसार ईश्वी सन् २०२५ अगस्ट १६ तारिख, नेपाल संवत् ११४५, सिद्धार्थी संवत्सर, दक्षिणायनं, वर्षा ऋतु, श्रीशाके १९४७, भाद्र कृष्णपक्ष, अष्टमी तिथि,  बेलुकी १०ः३८ बजेपछि नवमी, भरुणी नक्षत्र, बिहान ८ः१५ बजेपछि कृतिका, आनन्दादिमा-ध्वांक्ष योग, चन्द्रराशि-मेष, मध्यान्ह १ः५० बजेपछि वृष, श्रीकृष्ण जन्माष्टमी/गोरखकाली पूजा ।

    images
    images

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    खाद्यान्न, होटल(रेस्टुरेन्ट, निर्माण सामग्री, गरगहना र औषधि व्यापारमा लगानीबाट आम्दानी बढ्नेछ। सानो प्रयत्नले दिगो काम सुरु गर्न सकिनेछ। शुभचिन्तकको सहयोग र इच्छाशक्ति वृद्धि हुने छ। कीर्तिमानी कामको यश प्राप्त भई दैनिकीमा सकारात्मक परिवर्तन आउनेछ। बोलीको प्रभावले व्यवसायिक अवसर बढ्नेछ।

    वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
    अनलाइन व्यापार, टेक्निकल सामान र नयाँ प्रविधिबाट आम्दानी बढ्नेछ। राजनीति तथा सामाजिक कार्यमा समर्थन पाइनेछ। विदेशबाट शुभ सूचना र यात्रा सम्भावना देखिन्छ। सुरुमा खर्च बढे पनि दिउँसोपछि परिस्थिति अनुकूल भई महत्त्वाकांक्षी काम सफल हुनेछ। तारिफयोग्य कार्यले प्रतिष्ठा बढ्नेछ भने ज्ञान र व्यक्तित्व निखार्ने अवसर मिल्नेछ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
    व्यापार, कृषि र पशुपालनमा लगानीबाट आम्दानी हुनेछ। प्राकृतिक स्रोतको उपयोगले धन आर्जन सम्भव हुनेछ। नयाँ आम्दानी स्रोत फेला पर्ला तर खर्च बढेर बचतमा बाधा आउन सक्छ। स्रोत–साधन जुटाएर दिगो काम सुरु गर्न सकिनेछ। दिउँसो आर्थिक दबाब बढ्न सक्छ, त्यसैले खर्चमा संयमता अपनाउनुपर्छ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    काममा विशिष्ट व्यक्तिसँग भेटघाट भई सहयोग प्राप्त हुनेछ। प्राकृतिक स्रोत, अनलाइन वा धार्मिक सामानको व्यापारबाट नाफा कमाइनेछ। अधिकारी वर्गको प्रशंसा र शुभचिन्तकको सहयोगले नाम र दाम बढ्नेछ। पुराना समस्या समाधान भई नयाँ अवसर फेला पर्नेछ। कर्मयोग र मेहनतले आम्दानीका स्रोत विस्तार हुनेछ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    मान्यजनको सहयोग र भाग्यको साथले नयाँ काममा सफलता मिल्नेछ। धार्मिक सामान व्यापार र यात्राबाट लाभ हुनेछ। सामाजिक काम र शुभचिन्तकको साथले अवसर फेला पर्नेछ। विदेश अध्ययनका इच्छुकका लागि प्रगति सम्भव हुनेछ। दिउँसो कामको प्रशंसा पाई लक्ष्यमा पुग्न सफलता मिल्नेछ।

    कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
    प्रविधिको उपयोगले व्यवसाय र विचार विस्तार हुनेछ। खाद्यान्न, निर्माण सामग्री र अटो पार्ट्स व्यापारमा वृद्धि हुनेछ। विदेश यात्रा वा अध्ययनका अवसर मिल्नेछ। नयाँ आम्दानी स्रोत फेला पर्ला तर स्वास्थ्यमा ध्यान दिनु आवश्यक छ। दिउँसोपछि परिस्थिति सुध्रिँदै चुनौती हट्नेछ र मिहिनेतसँगै भाग्यले सफलता दिलाउनेछ।

    तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
    बिहान व्यापार र यात्राबाट धनलाभ हुनेछ। पढाइमा प्रगति र पुरस्कारको योग छ। धर्म र अध्यात्ममा रुचि बढ्नेछ। दिउँसोदेखि वैमनस्यता र प्रेममा धोका सम्भावना छ, सचेत रहनुपर्छ। स्वास्थ्यमा समस्या र खर्च बढ्न सक्छ। सहयोगीको साथले कार्यक्षेत्रमा उपलब्धि मिल्नेछ भने रमाइलो यात्रा र भौतिक लाभको अवसर पाईनेछ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    भौतिक सम्पत्ति र बिलासी वस्तुको व्यापारबाट आम्दानी बढ्नेछ। व्यवसायिक यात्रा र धार्मिक प्रतिष्ठान भ्रमणको योग छ। जीवनसाथीको सहयोग र बौद्धिक क्षमता प्रयोगले अधिकार स्थापित हुनेछ। रोकिएका काम बन्नेछन् र नयाँ आर्थिक योजना शुभारम्भ हुनेछ। दिउँसो वातावरण उल्लासमय भए पनि मनोरञ्जनमा खर्च बढ्न सक्छ।

    धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
    निर्माण सामग्री, खाद्यान्न, पहिरन र गरगहनाको व्यापारमा वृद्धि हुनेछ। प्रतिस्पर्धामा विजयी भई आम्दानीका स्रोत बढ्नेछन्। पारिवारिक र प्रेम सम्बन्ध सुमधुर रहनेछ। अध्ययनमा प्रगति र लामो दूरीको यात्रा सम्भावना छ। ऋण, रोग र शत्रुबाट मुक्ति मिल्नेछ। दिउँसो नयाँ कामतर्फ अग्रसर भई प्रतिष्ठित उपलब्धि हासिल हुनेछ।

    मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
    आकस्मिक धन, सम्पत्ति र उपहार प्राप्ति हुनेछन्। प्रेम र दाम्पत्य सम्बन्ध सुमधुर रहनेछ। सन्तानको सहयोग र प्रगतिले मन प्रसन्न हुनेछ। विद्यामा उत्कृष्ट नतिजा र पुरस्कार हात लाग्नेछ। धार्मिक सामानको व्यापारले आम्दानी बढाउनेछ। दिउँसो बौद्धिक क्षमताको प्रभावले लक्ष्य प्राप्त हुनेछ। पहिलेको दुविधा समाधान भई आम्दानीका स्रोत बढ्नेछन्।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
    बिहान धार्मिक सामान र अनलाइन व्यापारबाट आम्दानी बढ्नेछ। खेलकुद र पराक्रमी क्रियाकलापमा सफलता मिल्नेछ। कृषि र पशुपालनबाट लाभ सम्भव छ। परिवार र साथीभाइको सहयोग पाइनेछ। उद्योग र व्यापारमा फाइदा हुनेछ। दिउँसो पढाइमा मन नलाग्ने र घरजग्गा कारोबार मन्दीले आम्दानीमा कमी आउन सक्छ। मेहनत र कर्मयोगले प्रतिष्ठा र पुरस्कार दिलाउनेछ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
    धार्मिक सामान व्यापार र अन्य स्रोतबाट आम्दानी बढ्नेछ। परिवारसँग मिष्टान्न भोजन र प्रिय पात्रको साथले मन प्रसन्न हुनेछ। सुरु गरिएको काम दाजुभाइ र छिमेकीबाट उच्च मूल्याङ्कन पाइनेछ। विवादित विषयमा नतिजा आफ्नो पक्षमा आउँछ। संचित धन र भौतिक सुविधामा वृद्धि हुनेछ। दिगो काम र मेहनतले आम्दानीका स्रोत बढाउनेछ। अध्ययन र अनुभवले व्यक्तित्व निखार्ने अवसर दिनेछ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय