डिजिटल रूपान्तरण नागरिक र समाजको हितमा हुनुपर्छ : डा. श्रेष्ठ

डिजिटल रूपान्तरण नागरिक र समाजको हितमा हुनुपर्छ : डा. श्रेष्ठ

शुक्रवार, साउन ३० २०८२
शुक्रवार, साउन ३० २०८२
  • डिजिटल रूपान्तरण नागरिक र समाजको हितमा हुनुपर्छ : डा. श्रेष्ठ

    काठमाडौँ / राष्ट्रिय योजना आयोगका सदस्य डा। प्रकाश कुमार श्रेष्ठले डिजिटल रूपान्तरण नागरिक र समाजको फाइदाका लागि हुनुपर्नेमा जोड दिएका छन् । 

    images
    images

    शुक्रबार डिजिटल नेपाल कन्क्लेभ २०२५ मा बोल्दै श्रेष्ठले डिजिटल रूपान्तरण नागरिक र समाज केन्द्रित हुनुपर्नेमा जोड दिएका हुन् । 

    “डिजिटल प्रविधिको विकास आफैमा एउटा इन्नोभेसन हो । डिजिटल प्रविधिको प्रयोगले अन्य क्षेत्रमा थप इन्नोभेसन भइरहेको छ,” उनले भने, “सबै इन्नोभेसनले समाजको वास्तविक समस्या समाधान गर्नुपर्छ । डिजिटल रूपान्तरण नागरिक केन्द्रित र समाजको हितमा हुनुपर्छ ।”
     
    प्रविधिको विकासले सिमान्तकृतको आवाजलाई उठाउन मद्दत गरेको बताउँदै श्रेष्ठले  नेपाल जस्तो भुपरिवेष्ठित राष्ट्रका लागि सूचना प्रविधि ‘भाइटल सोलुसन’ हुन सक्ने जानकारी दिए । 
     
    “हामीले परम्परागत रूपमा सामानहरू उत्पादन गरेर छिमेकी देशसँग प्रतिस्पर्धा गर्न सक्ने अवस्था छैन् । किनभने हाम्रो उत्पादकत्त्व र प्रतिस्पर्धी क्षमता कमजोर छ,” श्रेष्ठले अगाडि भने, “तर आईटीमा हामी एक्सेल गर्न सक्छौँ । भुपरिवेष्ठित राष्ट्रका रूपमा भोग्नु परेका बाधा तोड्न सक्छौँ, जसले गर्दा वैकल्पिक रूपमा हामी आम्दानी गर्न सक्छौँ । यसका लागि सरकार र निजी क्षेत्र मिलेर अगाडि बढ्नुपर्छ ।”

    कार्यक्रममा बोल्दै उनले नेपालको अर्थतन्त्र आयात र रेमिट्यान्समा आधारित भएको अवगत गराउँदै डिजिटल प्रविधि र इन्नोभेसनले देशको अर्थतन्त्रका लागि आशा गर्न सक्ने आधार दिएको बताए । 

    प्रविधिको विकासले अवसरसँगै साइबर सुरक्षामा चुनौती दिएको समयमा अब डिजिटल साक्षरतामा काम गर्नुपर्नेमा जोड दिएका थिए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय