काठमाडौँ / ओप्पोले आफ्नो लोकप्रिय A सिरिजमा नयाँ सदस्य OPPO A5x नेपाली बजारमा आधिकारिक रूपमा सार्वजनिक गरेको छ।
जीवनका कठिन परिस्थितिहरूमा समेत भरपर्दो हुने उद्देश्यले तयार गरिएको यो स्मार्टफोनमा IP65 स्तरको पानी र धूलो प्रतिरोध, सैनिकस्तरको झटका प्रतिरोध, र ६,०००mAh क्षमताको लामो टिकाउ ब्याट्री जस्ता विशेषताहरू छन्।
कम्पनीका अनुसार, OPPO A5x ले पाँच वर्षसम्म टिक्ने ब्याट्री जीवन, बलियो फ्रेम, वाटरप्रूफ USB-C पोर्ट, दुई तहको काँच, र भित्री संरचना सुरक्षित गर्ने सिलिकोन ग्याँसकेट जस्ता टिकाउपनाका मापदण्डहरू पूरा गरेको छ। SGS गोल्ड लेबल टिकाउ प्रमाणपत्रले यसको भरपर्दोपनामा थप विश्वास दिलाउँछ।
यसमा रहेको ६,०००mAh ब्याट्रीले १७०० चार्ज साइकलपछि पनि ८०५ भन्दा बढी क्षमता कायम राख्ने दाबी गरिएको छ। ४५W SUPERVOOC™ फ्ल्यास चार्ज प्रविधिले २१ मिनेटमा ३०५ र ८४ मिनेटमा पूर्ण चार्ज गर्न सक्षम बनाउँछ।
स्मार्टफोनमा Snapdragon® 6s Gen 1 प्रोसेसर, ColorOS 15, र Google Gemini AI सहायक जस्ता सुविधा छन्। ३२MP अल्ट्रा क्लियर मुख्य क्यामेरा, २MP डेप्थ क्यामेरा, र ५MP फ्रन्ट क्यामेरासहितको AI आधारित इमेजिङ प्रणालीले उच्च गुणस्तरका तस्बिर खिच्न मद्दत गर्छ।
उपलब्धता र मूल्य
OPPO A5x नेपालका सबै रिटेल स्टोरमा १५ अगस्ट २०२५ देखि उपलब्ध हुनेछ। रंग विकल्पमा मिडनाइट ब्लू र लेजर ह्वाइट रहनेछ।
४GB + ६४GB – रु. १४,९९९
४GB + १२८GB – रु. १७,९९९
६GB + १२८GB – रु. १९,९९९