काठमाडौँ / कामना सेवा विकास बैंकले इलाका प्रहरी कार्यालय, बुटवललाई प्रिन्टर हस्तान्तरण गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत उक्त सहयोग गरेको हो ।
कामना सेवा विकास बैंकका सञ्चालक भिमप्रसाद तुलाचनले इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायाब उपरीक्षक इन्द्र बहादुर रानालाई हस्तान्तरण गरेका हुन् ।
बैंकका सञ्चालक भिम प्रसाद तुलाचनको अध्यक्षता र इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक इन्द्र बहादुर रानाको प्रमुख आतित्थ्यतामा सम्पन्न उक्त कार्यक्रममा प्रहरी निरिक्षक धर्मराज खत्री र सालिकराम खनाल र बैंकका कर्मचारीहरूको उपस्थिती रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रहरी नायब उपरीक्षक रानाले सो प्रिन्टर कार्यालयको महिला, बाल–बालिका तथा जेष्ठ नागरिक सहायता शाखामा प्रयोग गरिने र कार्यालयले प्रदान गर्ने सेवा प्रवाहमा थप प्रभावकारी बनाउन समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
उक्त कार्यक्रममा बोल्दै बैंकका सञ्चालक भिम प्रसाद तुलाचनले समुदायप्रति बैंकको उत्तरदायित्व र आगामी दिनहरूमा पनि यस्ता सहयोग जारी रहने तथा नेपाल प्रहरीसँगको समन्वयमा समुन्नत समाज विकासको लागि सहयोग गर्दै हातेमालो गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो । कार्यक्रमको संचालन बैंकका बुटवल क्षेत्रीय प्रमुख हेमन्त बाबु आचार्यले गरेका थिए ।