एलजी नेपालले मनायो ४० वर्षको विश्वास र साथको उत्सव, अझ उत्कृष्ट र सहज बनाउन प्रतिबद्ध

एलजी नेपालले मनायो ४० वर्षको विश्वास र साथको उत्सव, अझ उत्कृष्ट र सहज बनाउन प्रतिबद्ध

शुक्रवार, साउन ३० २०८२
शुक्रवार, साउन ३० २०८२
  • एलजी नेपालले मनायो ४० वर्षको विश्वास र साथको उत्सव, अझ उत्कृष्ट र सहज बनाउन प्रतिबद्ध

    काठमाडौँ / गुणस्तर, नवप्रवर्तन र विश्वासको प्रतीक बनेको एलजी नेपालले आफ्नो ४०औं वार्षिकोत्सवको अवसरमा ‘४० वर्षको Durability' campaign आरम्भ गर्दै, नेपाली बजारमा आफ्नो ऐतिहासिक यात्रा र उपलब्धिको उत्सव मनाएको छ।

    images
    images

    यो उपलब्धि केवल समयको गणना मात्र होइन, चार दशकदेखि नेपाली परिवारहरूसँग कायम रहेको अटुट विश्वास, भावनात्मक सम्बन्ध र साझा यात्राको प्रमाण हो।

    नेपालमा प्रवेशसँगै एलजी केवल एउटा इलेक्ट्रोनिक्स ब्रान्ड मात्र रहेन, यो नेपालीहरूको दैनिक जीवनको अभिन्न साथी बन्यो, नवीनतम प्रविधि र दीर्घकालीन प्रदर्शनको सम्मिश्रणसहितका टिकाउ उत्पादनहरू उपलब्ध गराउँदै। अत्याधुनिक फ्रिज र वाशिङ मेसिनदेखि ओएलईडी टिभी, एयर कन्डिसनर र साउन्ड सिस्टमसम्म, एलजी को अटल प्रतिबद्धता एउटै रह्यो-टिकाउ प्रविधिमार्फत जीवनलाई अझ सहज, सुन्दर र समृद्ध बनाउने।
     
    ‘४० वर्षको Durability’ क्याम्पेन एलजीले र यसको ग्राहकबीचको लामो यात्रालाई उजागर गर्छ। “साथ वर्षौंको, सम्बन्ध विश्वासको” भन्ने सन्देशसहित, एलजीले नेपाली घर–घरमा पुस्तौँदेखि कायम रहेको विश्वास, टिकाउपन र साझा क्षणहरूको महत्वलाई पुनः स्मरण गराएको छ। 

    उद्देश्यपूर्ण नवप्रवर्तनलाई निरन्तर अघि बढाउँदै, हरेक उत्पादनलाई समयको परीक्षामा उत्कृष्ट प्रदर्शन गर्ने । अत्याधुनिक प्रविधि, वातावरणमैत्री समाधान र ग्राहक–केन्द्रित सेवामार्फतएलजी प्रत्येक नेपाली परिवारको जीवनलाई अझ उत्कृष्ट र सहज बनाउन प्रतिबद्ध छ।
     
    यस अवसरमा, एलजी का   ब्रान्ड प्रबन्धक मुकेश कुमार बैठाले  भने“हाम्रो ४० वर्षको यो यात्रा सम्भव भएको हो, हामीमाथि ग्राहकहरूले देखाउनुभएको अटुट विश्वासका कारण। नेपालमा एलजीका उत्पादनहरु २० औ वर्ष भन्दा बढी हाम्रा ग्राहकहरुले प्रयोग गर्दै आइरहनु भाको छ, उहाहरू हाम्रो घरायसी उत्पादनहरूप्रति सारै बिस्वस्त हुनुहुन्छ ।  हाम्रो वाचा छ अत्याधुनिक प्रविधि र उत्कृष्ट टिकाउपनसहितका उत्पादनहरू निरन्तर उपलब्ध गराउँदै, प्रत्येक नेपाली घरलाई  ‘Life’s Good’ को घर बनाइरहने।” 

    सिजी इलेक्ट्रोनिक्स अन्तर्गतको एलजी, नेपालमा एलजी प्रोडुक्सको अग्रणी वितरक हो। घरेलु उपकरणदेखि मनोरञ्जन र वातानुकूलन समाधानसम्म, एलजी नेपालले आफ्नो सुरुवातदेखि नै गुणस्तर, नवप्रवर्तन र ग्राहक सन्तुष्टिलाई प्राथमिकतामा राख्दै, उद्योगस्तरको मापदण्ड कायम राख्दै आएको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय