मनोहराको सुकुम्बासी बस्तीमा महानगरले चलायो डोजर

मनोहराको सुकुम्बासी बस्तीमा महानगरले चलायो डोजर

शुक्रवार, साउन ३० २०८२
शुक्रवार, साउन ३० २०८२
  • मनोहराको सुकुम्बासी बस्तीमा महानगरले चलायो डोजर

    काठमाडौँ / काठमाडौँ महानगरपालिकाको नगर प्रहरीले मनोहरामा रहेको सुकुम्बासी बस्तीमा डोजर चलाएको छ । 

    images
    images

    शुक्रबार नगरप्रहरी प्रमुख राजु पाण्डेसहितको टोलीले मनोहराको सुकुम्बासी बस्तीमा पुगेर अवैध रुपमा बनेका घर, टहरा र संरचनाहरू भत्काएको हो ।

    बस्तीमा डोजर चलेपछि नगर प्रहरी र नेपाल प्रहरीको टोलीमाथि सुकुम्बासीहरुले ढुंगामुढा प्रहार समेत गरेका थिए । काठमाडौं र  भक्तपुरको सीमाना पर्ने मनोहरा खोला किनारको सुकुम्बासी बस्तीमा अवैध रुपमा नयाँ घरहरुमा बनाइएको थियो । 

    व्यक्तिको जग्गामा बनेको संरचना हटाउन ७ दिनको समय दिएको थियो । व्यक्तिको जग्गामा नयाँ  संरचना बनेपछि महानगरले डोजर चलाएको हो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय