डिशहोम र द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेनबिच समझदारी, भर्चुअल प्रिभिलेज कार्डमार्फत देशव्यापी विशेष सुविधा

डिशहोम र द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेनबिच समझदारी, भर्चुअल प्रिभिलेज कार्डमार्फत देशव्यापी विशेष सुविधा

शुक्रवार, साउन ३० २०८२
शुक्रवार, साउन ३० २०८२
  • डिशहोम र द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेनबिच समझदारी, भर्चुअल प्रिभिलेज कार्डमार्फत देशव्यापी विशेष सुविधा

    डिशहोमले आफ्नो भर्चुअल प्रिभिलेज कार्डमार्फत नेपालकै चर्चित फास्ट–फूड चेन, “द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन” सँग साझेदारी गरेको घोषणा गरेको छ। 

    images
    images

    उक्त साझेदारीसँगै, सक्रिय डिशहोम ग्राहकहरूले अब देशभरका १५८ वटै आउटलेटहरूमा फूड एण्ड बेभरेजमा १० प्रतिशत छुट पाउनेछन् ।

    द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन आफ्नो स्वादिलो बर्गर, क्रन्ची फ्राइड चिकेन र विभिन्न फास्ट–फूड परिकारका लागि प्रसिद्ध छ। 

    नेपालभरका आउटलेटहरूमा फैलिएको यस ब्रान्डसँगको साझेदारीले डिशहोमका ग्राहकहरूलाई जुनसुकै स्थानमा पनि आफ्नो मनपर्ने परिकार छुटसहित खान सक्ने सुविधा दिनेछ।

    अफर विवरण

    फूड एण्ड बेभरेजमा १० प्रतिशत छुट

    नेपालभरका सबै द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन आउटलेटहरूमा मान्य

    केवल माइ डिशहोम एप मार्फत सक्रिय ग्राहकहरूका लागि उपलब्ध

    कसरी लिने छुट ?

    १. माइ डिशहोम एप प्ले स्टोर वा एप स्टोरबाट डाउनलोड गर्नुहोस्।

    २. आफ्नो दर्ता भएको मोबाइल नम्बर वा ग्राहक आईडी प्रयोग गरी लग–इन गर्नुहोस्।

    ३. होम पेज वा प्रोफाइल सेक्सनबाट भर्चुअल प्रिभिलेज कार्ड खोल्नुहोस्।


    ४. जुनसुकै द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन आउटलेटमा यो कार्ड देखाएर छुट प्राप्त गर्नुहोस् ।

    “यो साझेदारीले नेपालको मनपर्ने फास्ट–फूड गन्तव्यलाई हाम्रो ग्राहकहरूको दैनिक जीवनमा अझ मूल्य थप्ने हाम्रो प्रतिबद्धतासँग जोडेको छ,” डिशहोमका सिइओ तारा मानन्धरले भने । 

    डिशहोमको भर्चुअल प्रिभिलेज कार्ड ग्राहकहरूलाई डाइनिङ, आतिथ्य, यात्रा र लाइफस्टाइल क्षेत्रमा विशेष छुट र सुविधा प्रदान गर्नका लागि सुरु गरिएको हो । कम्पनीले आगामी महिनाहरूमा अझ धेरै शीर्ष ब्रान्डहरूलाई यस कार्यक्रममा समावेश गर्ने योजना बनाएको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय