काठमाडौँ / याडिया, लगातार ८ वर्षसम्म विश्वको नं. १ इलेक्ट्रिक दुई पाङ्ग्रे ब्रान्डको नेपालका लागि एक मात्र आधिकारिक वितरक कुजु नेपाल प्रालिले उच्च प्रदर्शनयुक्त याडिया Velax मा विशेष सीमित स्टक अफर घोषणा गरेको छ। अब यसको मूल्य अघिल्लो रु. २,८५,००० बाट घटाएर रु. २,४५,००० गरिएको छ।
यो अफरले लगातार ८ वर्षसम्म विश्वव्यापी रूपमा नं. १ इलेक्ट्रिक दुईपाङ्ग्रे ब्रान्ड बनेको याडियाको महत्वपूर्ण उपलब्धि र विश्वभर ७० लाखभन्दा बढी युनिट बिक्रीको उत्सव मनाउँछ।
याडिया Velax ती सवारहरूको लागि बनाइएको हो जसले प्रदर्शन र भरपर्दोपन दुवै खोज्छन्। ३२००W मोटर र १७२ N.m टर्कसहित, यसले ६२ किमी/घण्टाको उच्चतम गति हासिल गर्छ र एक पटकको चार्जमा १०० किमी सम्मको दूरी तय गर्न सक्छ।
यसको ३०Ah र ७२ V LFP (Lithium Iron Phosphate) ब्याट्रीले उच्च सुरक्षा, थर्मल स्थिरता, र लामो जीवनचक्र प्रदान गर्छ, साथै जहाँसुकै सजिलै चार्ज गर्न सकिने सुविधा दिन्छ।
डिजाइन र सुविधाको दृष्टिले, ख्भबिह मा सजिलो पार्किङ तथा ह्यान्डलिङका लागि रिभर्स मोड, लामो यात्रालाई सहज बनाउन क्रूज कन्ट्रोल र अतिरिक्त सुरक्षा प्रदान गर्ने फ्रन्टररियर डिस्क ब्रेक सिस्टम विथ सिबिएस जस्ता विशेषताहरू छन्। यसमा १७० मिमी ग्राउन्ड क्लिरेन्स छ जसले विभिन्न सडक परिस्थितिमा सजिलै चलाउन मद्दत गर्छ।
याडियाले Velax मा ब्याट्री र मोटर दुवैका लागि ३ वर्ष र ५० हजार किमी वारेन्टी प्रदान गर्छ, जसले लामो समयसम्मको निश्चिन्तता सुनिश्चित गर्छ।
नयाँ रु. २,४५,००० मूल्य सीमित स्टकका लागि मात्र लागू हुन्छ। स्टक सकिएपछि Velax पुनः अघिल्लो मूल्यमा फिर्ता हुने कम्पनीले जनाएको छ ।