SCT को २४ औं वार्षिकोत्सवमा ‘Smart QR Soundbox’ र ‘SCT Hub’ सार्वजनिक

SCT को २४ औं वार्षिकोत्सवमा ‘Smart QR Soundbox’ र ‘SCT Hub’ सार्वजनिक

शुक्रवार, साउन ३० २०८२
शुक्रवार, साउन ३० २०८२
  • SCT को २४ औं वार्षिकोत्सवमा ‘Smart QR Soundbox’ र ‘SCT Hub’ सार्वजनिक

    नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्र प्राप्त स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (SCT) ले सोमबार २९ साउन २०८२ मा आफ्नो २४औं वार्षिकोत्सव सम्पन्न गरेको छ।

    images
    images

    कार्यक्रममा संचालक समितिका अध्यक्ष, सदस्यहरू, तथा सदस्य बैंक र वित्तीय संस्थाका वरिष्ठ कर्मचारीहरूको उपस्थिति थियो। कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत मनोज घिमिरेले संस्थाका विगतका उपलब्धि र भावी योजनाबारे जानकारी दिँदै, कार्ड सेवा (SCT-UnionPay, VISA, NepalPay), मोबाइल बैंकिङ (Smart Banking), अन्तर बैंक भुक्तानी (Smart Pay), क्युआर भुक्तानी (Smart QR) र मर्चेन्ट व्यवस्थापन (Smart MMS) मा हासिल भएका प्रगति र आगामी रणनीतिहरू प्रस्तुत गरे।

    कार्यक्रममा चिफ इनोभेशन तथा डेभलपमेन्ट अफिसर रजिम अलि मियाले नविनतम सेवाहरू Smart QR Soundbox र SCT Hub को प्रत्यक्ष प्रदर्शन गरे। Smart QR Soundbox मार्फत मर्चेन्टहरूले ग्राहकको भुक्तानी रकमबारे तुरुन्त जानकारी विभिन्न भाषामा सुन्न सक्नेछन्। यो उपकरणलाई Wi-Fi वा सिमकार्डमार्फत जडान गर्न सकिन्छ।

    त्यस्तै, SCT Hub सदस्य बैंक तथा वित्तीय संस्थाका लागि तयार गरिएको एकीकृत प्रविधि हो, जसबाट ATM व्यवस्थापन, कार्ड व्यवस्थापन, विवाद समाधान, सतर्कता व्यवस्थापन, प्रयोगकर्ता व्यवस्थापन, तथा रिपोर्ट निर्माणलगायतका सेवा एकै प्लेटफर्मबाट पाउन सकिनेछ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय