एन आई सी एशिया बैंकका ग्राहकहरुलाई अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार गर्दा १० प्रतिशत छुट

एन आई सी एशिया बैंकका ग्राहकहरुलाई अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार गर्दा १० प्रतिशत छुट

शुक्रवार, साउन ३० २०८२
शुक्रवार, साउन ३० २०८२
  • एन आई सी एशिया बैंकका ग्राहकहरुलाई अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार गर्दा १० प्रतिशत छुट

    काठमाडौं/  एन आई सी एशिया बैंकका ग्राहकहरुलाई स्वास्थ्य उपचार सेवामा विशेष छुट उपलब्ध गराउने भएको छ । 

    images
    images

    अन्नपूर्ण न्यूरोलोजिकल इन्स्टिच्युट एण्ड एलआइड साइन्स (Annapurna Neurological Institute & Allied Sciences) र बैंकबिच सम्झौता गरेको छ । 

    समझदारीसँगै बैंकका ग्राहकहरुले काठमाडौंमा रहेको अन्नपूर्ण न्यूरो हस्पिटलमा आफ्नो स्वास्थ्य उपचार गरि डिजिटल भुक्तानी गर्दा विभिन्न सेवाहरुमा १० प्रतिशत छुट पाइने बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत (प्रमुख सूचना अधिकारी) अर्जुन राज खनियाँले अर्थ डबलीलाई बताए । 

    बैंकका ग्राहक महानुभावहरुले In house Pathology, Outsourcing Test, Radiology, Ambulance, General Bed Charge, ICU / Surgery Charge सेवामा १० प्रतिशतको छुट सुविधा उपभोग गर्न सक्नेछन् । 

    उक्त अस्पतालसँगको यस सहकार्यले बैंकका ग्राहकहरुलाई स्वास्थ्य उपचारमा विशेष सहयोग पुग्ने  तथा मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन हुने विस्वास बैंकले लिएको छ । 

     

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय