काठमाडौँ / मिस नेपाल सौन्दर्य प्रतियोगिताको आयोजक द हिडन ट्रेजरले यस वर्षको कार्यक्रममा ‘मिस कोस्मो’ को सुरुवात गरेको छ । मिस कोस्मोसँगको सहकार्य नेपालमा विश्वको सबैभन्दा ठूलो क्लेफ्ट (ओठे तालु फुटेका) केन्द्रित संस्था स्माइल ट्रेनसँग एक प्रमुख अन्तर्राष्ट्रिय पहल हो ।
स्माइल ट्रेनले विश्वभरका बालबालिकाहरूलाई निःशुल्क क्लेफ्ट शल्यक्रिया र हेरचाह गर्न स्थानीय चिकित्सकहरूलाई तालिम, कोष र आपूर्ति प्रदान गर्दछ ।
बर्जर पेन्ट्सले मिस कोस्मोसँगको सहकार्यले सुरक्षित र किफायती क्लेफ्ट उपचार बारेमा जागरुकता जगाउने लक्ष्य राखेको जानकारी दिएको छ ।
यसले हजारौँ बालबालिकाहरूका आत्मविश्वासका साथ मुस्कुराउन प्रेरित गर्ने बर्जर पेन्ट्सको भनाइ छ ।
सो अवसरमा बर्जर पेन्ट्सले एक विशेष अन्तरक्रिया सत्र क्लेफ्ट पीडित बालबालिकाहरूप्रति समर्पित रहेर कार्यक्रम गरेको छ ।
बर्जर पेन्ट्सले मिस नेपाल २०२५को अन्तिम प्रतियोगीहरूसँगै रमाइलो, हेरचाह र रचनात्मकता तरिकाले भरिपूर्ण आधा दिनको गतिविधि सञ्चालन गरेको छ ।
सो कार्यक्रममा उपस्थित बालबालिकाहरूले कलाका किताबहरू रङ्गाएका थिए भने उनीहरूलाई विभिन्न परिकार र उपहार पनि प्रदान गरिएको थियो ।
साथै बालबालिकाहरूले मिस नेपाल २०२५ का अन्तिम प्रतियोगीहरूसँग आत्मीय र हर्षित समय बिताउन अवसर प्रदान गर्नेछ ।
बर्जर पेन्ट्सले द हिडन ट्रेजर तथा मिस कोस्मोसँग सो कार्यमा सहभागी भई, मानसिक आत्मसन्तुष्टी तथा खुसी प्रदान गरेको छ ।
उद्देश्य र सौन्दर्यको संयोजनसँगै बर्जर पेन्ट्स सदैव स्माइल ट्रेनको मुल मन्त्र विश्वलाई परिवर्तन गर्दै, एक पटकमा एक मुस्कानलाई आत्मसाथ गरी अगाडि बढ्ने कम्पनीको दावी छ ।