फोटोन र सोकोन 'नाडा अटो शो २०२५' का लागि यूनिट्री ह्युमानोइड एक्सपिरियन्ससहित तयारीमा

फोटोन र सोकोन 'नाडा अटो शो २०२५' का लागि यूनिट्री ह्युमानोइड एक्सपिरियन्ससहित तयारीमा

शुक्रवार, साउन ३० २०८२
शुक्रवार, साउन ३० २०८२
  • फोटोन र सोकोन 'नाडा अटो शो २०२५' का लागि यूनिट्री ह्युमानोइड एक्सपिरियन्ससहित तयारीमा

    काठमाडौँ / फोटोनले यस वर्षको नाडा अटो शो २०२५ मा आफ्नो दमदार उपस्थिति जनाउन तयार रहेको जानकारी दिएको । आगामी भदौ ३ गतेदेखि काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुने यस प्रदर्शनीमा फोटोनले अटो प्रेमी, व्यवसायी तथा एड्भेन्चर खोज्नेहरूलाई आफ्ना आधिकारिक स्टलहरूमा आमन्त्रणसमेत गरेको छ।

    images
    images

    फोटोनले टुनल्यान्ड पिकअपका लागि स्टल नम्बर ब्ठ र फोटोन इभि भ्यान तथा सोकोन सिरिजका लागि स्टल नम्बर व्द्ध र व्ट मा आगन्तुकहरूलाई स्वागत गर्नेछ। 

    सो वर्षको मुख्य आकर्षण यूनिट्री ह्युमानोइड हुनेछ, जससँग आगन्तुकहरूले प्रत्यक्ष संवाद गर्दै उन्नत रोबोटिक्स प्रविधिको अनुभव गर्न सक्नेछन्। स्टल ए सेभेनमा आगन्तुकहरूले नेपालको आइकनिक फोटोन टुनल्यान्ड पिकअप हेर्न सक्नेछन्।

    यो पिकअपले २३ दिनमा देशका ८ वटा सबैभन्दा चुनौतीपूर्ण अफ–रोड गन्तव्यहरूमा यात्रा पूरा गरी इतिहास बनाएको छ। 

    शक्तिशाली इन्जिन, उच्च ग्राउन्ड क्लियरेन्स र मजबूत सस्पेन्सनको साथ टुनल्यान्ड पिकअप डाँडाकाँडा र कठिन निर्माण स्थलसम्म सजिलै यात्रा गर्न सक्षम छ। यसले मजबुती र आराम दुवै प्रदान गर्दै व्यक्तिगत तथा व्यावसायिक प्रयोगका लागि उत्कृष्ट युटिलिटी पिकअपको भूमिका निभाउँछ।

    प्रदर्शनमा टुनल्यान्ड जी सेभेनसहित तीन मोडल राखिनेछन्। आगन्तुकहरूले शक्तिशाली जी सेभेन डिजेलको अनुभव पाउने र टुनल्यान्ड सिरिजका दुई नयाँ मोडलको पहिलो झलक पनि पाउनेछन्।

    स्टल व्द्ध मा फोटोनले आफ्नो सवारी–साधनहरूको लाइनअप प्रदर्शन गर्दैछ, जसमा माउन्टेन ईभी र TM1 मोडल समावेश छन्। स्टल व्ट मा सोकोनले विद्युतीय भ्यान प्रदर्शन गर्नेछ, जुन वातावरणमैत्री यातायात खोज्ने व्यवसायका लागि व्यावहारिक समाधान मानिन्छ।

    नेपालमा वातावरणमैत्री सवारी–साधनको माग बढिरहेको अवस्थामा, फोटोन र सोकोनका विद्युतीय सवारी–साधनहरूले शहरी तथा आसपासका क्षेत्रमा सहज र दिगो यात्रा सुनिश्चित गर्नेछन्।

    नाडा अटो शोले नयाँ मोडल अवलोकन गर्ने, ब्रान्ड प्रतिनिधिसँग प्रत्यक्ष संवाद गर्ने र त्यहीँबाट अफर तथा फाइनान्स सुविधा प्राप्त गर्ने अवसर प्रदान गर्दछ। फोटोन टुनल्यान्ड पिकअपका लागि स्टल A7 र फोटोन ईभी भ्यान तथा सोकोनका लागि स्टल J4 र J6 भ्रमण गर्न कम्पनीको आग्रह छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय