स्वस्तिक लघुवित्तको आइपिओमा आजदेखि आवेदन दिन सकिने

स्वस्तिक लघुवित्तको आइपिओमा आजदेखि आवेदन दिन सकिने

शुक्रवार, साउन ३० २०८२
शुक्रवार, साउन ३० २०८२
  • स्वस्तिक लघुवित्तको आइपिओमा आजदेखि आवेदन दिन सकिने

    काठमाडौँ / स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपिओमा आजदेखि आवेदन दिन सकिने भएको छ । दोस्रो चरणमा लघुवित्तले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ लाख ९५ हजार १९५ कित्ता सेयर निष्काशन गररेको हो । यसको कुल मूल्य १ करोड ९५ लाख १९ हजार ५०० रुपैयाँ रहेको छ ।

    images
    images

    यसअघि लघुवित्तले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्काशन गरेको थियो भने अब सर्वसाधारणका लागि आईपीओ निष्काशन सुरु गरेको हो।

    लघुवित्तले जारी पूँजीको ४० प्रतिशत, अर्थात् २ करोड ३१ लाख रुपैयाँ बराबरको २ लाख ३१ हजार कित्ता सेयर निष्काशन गर्न अनुमति पाएको थियो। 

    पहिलो चरणमा यसमध्ये १ हजार १५५ कित्ता कर्मचारीका लागि, ११ हजार ५५० कित्ता सामूहिक लगानी कोषका लागि र २३ हजार १०० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी गरिएको थियो।

    कम्पनीको आइपिओमा छोटो अवधि आगामी भदौ ३ गतेसम्म आवेदन दिन सकिनेछ ।  कम्पनीले ढिलोमा भदौ १३ गतेसम्म आवेदन दिन सकिने उल्लेख गरी आइपिओ निष्काशन गरेको भए पनि यसअघि छोटो अवधिमै मागभन्दा बढी आवेदन पर्ने भएकोले भदौ ३ गतेसम्म मात्र खुला रहेनेछ। 

    सर्वसाधारण लगानीकर्ताले न्यूनतम १० कित्ताका लागि र अधिकतम ५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

    आइपिओको रेटिङमा, इक्रा नेपालले स्वस्तिक लघुवित्तलाई ‘इक्राएनपी इस्यूअर रेटिङ बी’ प्रदान गरेको छ। यसले कम्पनीले समयमा आफ्नो वित्तीय दायित्व पूरा गर्न उच्च जोखिम रहेको सङ्केत गर्दछ।

    स्वस्तिक लघुवित्तको आइपिओ निष्काशन तथा बिक्रीको प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डको अनुमति लिएर, आस्बा प्रणालीमार्फत सहभागी बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्नेछन्।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय