प्रभु बैंकका कर्मचारी र ग्राहकहरूले मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टरमा विशेष छुट पाउने

प्रभु बैंकका कर्मचारी र ग्राहकहरूले मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टरमा विशेष छुट पाउने

शुक्रवार, साउन ३० २०८२
शुक्रवार, साउन ३० २०८२
  • प्रभु बैंकका कर्मचारी र ग्राहकहरूले मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टरमा विशेष छुट पाउने

    पोखरा / प्रभु बैंक लिमिटेडका कर्मचारी तथा ग्राहकले मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर प्रा.लि.मा विशेष छुट पाउने भएका छन् । बैंकले आफ्ना कर्मचारी र ग्राहकहरूलाई विशेष छुट दिलाउन पोखरा महानगरपालिका वडा नं. ११, रानीपौवास्थित मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टरसँग साउन २९ गते विशेष सम्झौता गरेको हो । 

    images
    images

    एक समारोहकाबिच उक्त सम्झौतामा मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टरका तर्फबाट अध्यक्ष आनन्द भट्टराई र प्रभु बैंकका तर्फबाट, बैंकका प्रमुख व्यवसाय केन्द्र अधिकृत –एन.बि.सि.ओ., राजु राना मगरले हस्ताक्षर गरे ।

    सम्झौताअनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुले बैंकको डेबिट÷क्रेडीट कार्ड तथा बैकंको अन्य कुनै बिद्युतीय माध्यमद्वारा बिल भुक्तानी गर्दा मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर प्रा.लि.मा उपलब्ध विभिन्न सेवाहरूमा १० प्रतिशत देखी २५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । 

    विशेषगरी, बैंकका कर्मचारी तथा ग्राहकहरूलाई अतिरिक्त हेरचाह प्रदान गर्ने योजना अन्तर्गत यो छुट उपलब्ध गराइएको हो ।

    पोखरा महानगरपालिका वडा नं. ११, रानीपौवामा अवस्थित, मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर प्रा.लि. ले उत्कृष्ट स्वास्थ्य सेवा र सुविधाहरू प्रदान गर्दै आएको छ ।

    प्रभु बैंक लिमिटेड तथा मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टरबिच भएको योे साझेदारीले बैंकका कर्मचारी, तथा प्रभु बैंकका ग्राहकहरू पनि लाभान्वित हुनेछन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय