शुक्रबारको राशिफल : आम्दानी, खर्च, अवसर, जागिर, यात्रादेखि सफलतासम्मका लागि तपाईँको समय कस्तो चल्दैछ ?

शुक्रबारको राशिफल : आम्दानी, खर्च, अवसर, जागिर, यात्रादेखि सफलतासम्मका लागि तपाईँको समय कस्तो चल्दैछ ?

शुक्रवार, साउन ३० २०८२
शुक्रवार, साउन ३० २०८२
  • शुक्रबारको राशिफल : आम्दानी, खर्च, अवसर, जागिर, यात्रादेखि सफलतासम्मका लागि तपाईँको समय कस्तो चल्दैछ ?

    आज वि.सं. २०८२ साल साउन ३० गते, शुक्रबार तदनुसार ईश्वी सन् २०२५ अगस्ट १५ तारिख, नेपाल संवत् ११४५, सिद्धार्थी संवत्सर, दक्षिणायनं, वर्षा ऋतु, श्रीशाके १९४७, भाद्र कृष्णपक्ष, सप्तमी तिथी, अश्विनी नक्षत्र, आनन्दादिमा–वज्र योग, चन्द्रराशि–मेष ।

    images
    images

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    पुराना कामबाट लाभ लिने अवसर छ भने व्यापार, उद्योग र रचनात्मक कार्यबाट नाफा कमाउन सकिनेछ। समयको सही उपयोगले आर्थिक स्थिरता बढ्नेछ। साथीभाइको सहकार्य र नयाँ प्रस्तावले व्यवसायिक अवसर विस्तार हुनेछ। पहिलेको सफलताले हौसला बढाउँदै आयस्रोत मजबुत बनाउने संकेत छ। समाजमा प्रतिष्ठा र विश्वसनीयता दुवै बढ्नेछन्।

    वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
    आफन्त र साथीभाइको सल्लाहले लक्ष्य सहज हुनेछ। विदेशी सामानको व्यापार र दिगो लाभ दिने लगानीबाट आम्दानी बढ्नेछ। अध्ययन तथा व्यवसायिक यात्राले अवसर विस्तार हुनेछ। तर खर्च र विवाद बढ्ने सम्भावना भएकाले आर्थिक प्रलोभनबाट बच्नु जरुरी छ। सावधानीपूर्वक योजनाबद्ध कामले दीर्घकालीन आर्थिक लाभ दिलाउनेछ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
    खाद्यान्न, निर्माण सामग्री, गरगहना र अनलाइन व्यापारमा लगानीले आर्थिक स्थिरता बढाउनेछ। सीमित स्रोतको प्रभावकारी उपयोगले आवश्यकताहरू पूरा हुनेछ। पैतृक सम्पत्ति र साझेदारीबाट नाफा बढ्नेछ। नयाँ अवसर र आम्दानीका स्रोत फेला पर्नेछन्। प्रविधि र सामाजिक सञ्जालको सदुपयोगले व्यवसाय र प्रतिष्ठा दुवै मजबुत हुनेछ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    पढाइ, यात्रा र स्वास्थ्य सबलताले पुरुषार्थी काममा सफलता मिल्नेछ। सेवामुखी व्यापार, खाद्यान्न र निर्माण सामग्रीको लगानीबाट नाफा बढ्नेछ। नोकरीमा बढुवा वा सुगम स्थानान्तरणको सम्भावना छ। पिताको सहयोग र सामाजिक कार्यले प्रतिष्ठा बढाउनेछ। भूमि तथा पैत्रिक सम्पत्तिबाट लाभ पाउँदै नयाँ काममा स्थिरता कायम हुनेछ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    धर्म–अध्यात्मसम्बन्धी व्यापार र सांगीतिक क्षेत्रमा लगानीले नाफा बढाउनेछ। सहकर्मीको सहयोग र लामो धार्मिक–शैक्षिक यात्राले अवसर विस्तार हुनेछ। प्रेम र पारिवारिक जीवन सुमधुर रहनेछ। तर मुख्य काममा ढिलाइ र खर्च वृद्धि हुनसक्ने भएकाले सावधानी आवश्यक छ। समयको सदुपयोग र योजनाबद्ध लगानीले आर्थिक लाभ सुनिश्चित हुनेछ।

    कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
    अध्ययनमा प्रविधिको प्रयोग र उत्पादनमुखी व्यापारमा लगानीले आम्दानी बढाउनेछ। रोकिएका काम पुरा गर्दै आफन्तको सहयोग पाउने सम्भावना छ। संगीत र हास्य क्षेत्रमा समय रमाइलो हुनेछ। पराक्रम र धनलाभको योग छ, तर शारीरिक कमजोरी र बाध्यताले अलमल्याउन सक्छ। लगनशीलता र पुनः प्रयासले दीर्घकालीन फाइदा दिलाउनेछ।

    तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
    फेन्सी र विलासी वस्तुको व्यापार, एकल वा साझेदारी लगानीबाट आम्दानी बढ्नेछ। व्यापारिक यात्राले अवसर विस्तार हुनेछ। पढाइमा उत्कृष्टता र लेखनकलामा निखार आउनेछ। जीवनसाथी र परिवारको सहयोगले लक्ष्य पूरा हुनेछ। भौतिक स्रोत जुटाएर जीवनशैली सुधारिनेछ। सेवामूलक कार्य र सामाजिक सम्पर्कले प्रतिष्ठा र दीर्घकालीन लाभ दिलाउनेछ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    कार्यक्षेत्रमा विवाद समाधान भई न्यायिक निर्णय तपाईँको पक्षमा आउनेछ। आफन्तको सहयोग र पढाइमा प्रगति हुनेछ। राज्यबाट पद प्राप्ति र प्रतिस्पर्धामा सफलता मिल्ने सम्भावना छ। भौतिक स्रोत जुटाएर दिगो काम सुरु हुनेछ। साहसी कार्य र व्यापारिक योजनाले आम्दानी बढाउनेछ। विगतका मेहनतको उचित प्रतिफल पाउँदै अधिकार र प्रतिष्ठा दुवै स्थापित हुनेछ।

    धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
    चिठ्ठा वा उपहार प्राप्ति, प्रेममा नजिकता र सन्तानको सहयोगले उत्साह बढ्नेछ। विद्यामा उत्कृष्ट नतिजा र पुरस्कार हात लाग्नेछ। वित्तीय क्षेत्र र व्यापारमा लगानीले भविष्यमा आम्दानी सुनिश्चित गर्नेछ। तर भौतिक साधन बिग्रनु, स्वास्थ्य समस्या र असत्य आश्वासनबाट सावधान रहनु जरुरी छ। योजनाबद्ध कदमले मात्र दीर्घकालीन लाभ दिलाउनेछ।

    मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
    भौतिक सम्पत्ति र सवारी साधन प्राप्ति हुनेछ। धार्मिक, सामाजिक र प्रशंसनीय कार्यले मान–प्रतिष्ठा बढाउनेछ। आमा वा परिवारको सहयोगले लक्ष्य सहज हुनेछ। अध्ययन र लामो यात्रा अवसर मिल्नेछ। नयाँ काम वा नोकरी स्थानान्तरण सम्भावना छ। तर खर्च बढ्ने, जग्गा काममा मन्दी, आश्वासनमा धोका र रोकिएका काम दोहोर्याउनुपर्ने चुनौतीहरू पनि रहनेछन्।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
    सानो प्रयत्नले राम्रो नतिजा र प्रतिस्पर्धीलाई पछाडि पार्ने अवसर मिल्नेछ। प्रेम, मित्रता र दाजुभाइसँगको सम्बन्ध बलियो हुनेछ। अध्ययनमा प्रगति र छोटो यात्राबाट लाभ हात लाग्नेछ। पुराना सम्झौता नवीनीकरण र नयाँ काम प्रारम्भ गर्न अनुकूल समय छ। उद्योग र व्यापारमा लगानीले मनग्गे धनलाभ दिलाउनेछ। धैर्य, पराक्रम र शुभचिन्तकको सुझावले सफलता सुनिश्चित हुनेछ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
    विचार परिवर्तन र बोलीको कदरले राम्रा काम हुनेछन्। खाद्यान्न, निर्माण सामग्री, अटो पार्ट्स र गरगहनाको व्यापार फस्टाउनेछ भने आर्थिक अवस्था सुदृढ हुनेछ। सञ्चित सम्पत्ति र उद्योग–व्यापारमा लगानीले आम्दानी बढाउनेछ। गीत–संगीत र अध्ययनमा प्रगति हुनेछ। चुनौती र द्विविधा भए पनि मिहिनेतले स्रोत विस्तार गर्नेछ र उत्साहवर्द्धक दिन सुनिश्चित हुनेछ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय