आज सुनको मूल्य घट्दा चाँदीको मूल्य भने बढ्यो

आज सुनको मूल्य घट्दा चाँदीको मूल्य भने बढ्यो

बुधवार, साउन २८ २०८२
बुधवार, साउन २८ २०८२
  • आज सुनको मूल्य घट्दा चाँदीको मूल्य भने बढ्यो

    काठमाडौं/  नेपाली बजारमा बुधबार पनि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ सय रुपैयाँले घटेको हो ।  

    images
    images

    महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ९७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९६ हजार ८०० रुपैयाँ कायम थियो । 

    यस्तै चाँदीको मूल्य भने बढेको छ ।  मंगलबार तोलामा २ हजार ३०५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर तोलामा २ हजार ३२५ रुपैयाँ पुगेको महासंघले जनाएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय