हिमालयन बैंकको नाफासँगै बढ्यो खराब कर्जा पनि, वितरणयोग्य मुनाफा ऋणात्मक

हिमालयन बैंकको नाफासँगै बढ्यो खराब कर्जा पनि, वितरणयोग्य मुनाफा ऋणात्मक

मंगलवार, साउन २७ २०८२
मंगलवार, साउन २७ २०८२
  • हिमालयन बैंकको नाफासँगै बढ्यो खराब कर्जा पनि, वितरणयोग्य मुनाफा ऋणात्मक

    काठमाडौँ / हिमालयन बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८१/०८२ को चौथो त्रैमाससम्म १ अर्ब ५१ करोड रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो आर्थिक बर्ष २०८९/८१ को तुलनामा २२.१५ प्रतिशत बढी हो । 

    images
    images

    बैंकले अघिल्लो आर्थिक वर्ष १ अर्ब २३ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी घटे पनि इम्पेरमेन्ट चार्ज घटेपछि बैंकको खुद नाफा घटेको हो । 

    समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ९.९९ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी ६०.९८ प्रतिशतले घटेको छ। त्यस्तै, कुल सञ्चालन आम्दानी ४.७२ प्रतिशतले घट्दा पनि सञ्चालन मुनाफा ८८.४१ प्रतिशतले बढेको छ।

    यसैगरी, इम्पेरिमेन्ट चार्ज ५ अर्ब २६ करोड रुपैयाँबाट घटेर १ अर्ब ५३ करोड रुपैयाँमा झरेको छ, जसले सञ्चालन मुनाफा र खुद नाफा वृद्धिमा सहयोग गरेको छ।

    बैंकको चुक्ता पूँजी २१ अर्ब ६५ करोड ६६ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा १६ अर्ब २५ करोड रुपैयाँ सञ्चित छ। असार मसान्तसम्ममा बैंकले ३ खर्ब ९ अर्ब १५ करोड रुपैयाँ निक्षेप सङ्कलन गरी २ खर्ब ३२ अर्ब ८५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

    सो अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा ७ अर्ब १० करोड रुपैयाँ ऋणात्मक रहेको छ भने वितरणयोग्य प्रतिसेयर आम्दानी ३२ रुपैयाँ ७९ पैसा ऋणात्मक छ।

    यद्यपि, नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी वृद्धि भएको छ। समीक्षा अवधिमा प्रतिसेयर आम्दानी १ रुपैयाँ २७ पैसा बढेर ६ रुपैयाँ ९८ पैसा पुगेको छ। 

    गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको मूल्य–आम्दानी अनुपात ३३.९८ गुणा र प्रतिसेयर नेटवर्थ १७५ रुपैयाँ ७ पैसा रहेको छ।
    बैंकको खराब कर्जामा उच्च बृद्धि भएको छ । अघिल्लो बर्ष ४.९८ प्रतिशत रहेकोमा समीक्षा अवधिमा बढेर ७.२८ प्रतिशत पुगेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय