images
Logo
images

एयरपोर्टमा कर्मचारीले घुस लिइरहेको बाहिरिए पनि गृहमन्त्री जोगाउन छानबिन भएन : शिशिर खनाल

एयरपोर्टमा कर्मचारीले घुस लिइरहेको बाहिरिए पनि गृहमन्त्री जोगाउन छानबिन भएन : शिशिर खनाल

मंगलवार, साउन २७ २०८२
मंगलवार, साउन २७ २०८२
  • एयरपोर्टमा कर्मचारीले घुस लिइरहेको बाहिरिए पनि गृहमन्त्री जोगाउन छानबिन भएन : शिशिर खनाल

    काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद् शिशिर खनालले केही दिन अगाडि एयरपोर्टको अध्यागमनमा गृह मन्त्रालयका कर्मचारीले घुस लिइरहेको विषय बाहिर आए पनि गृहमन्त्रीलाई अप्ठ्यारो पर्छ भनेर छानबिन अगाडि नबढाएको आरोप लगाएका छन् ।  

    images
    images

    मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले जब भ्रष्टाचार र बिचौलियाको संरक्षण गर्ने सरकार रहन्छ त्यसबखतसम्म लोकतन्त्रलाई दुर्घटनामा लैजाने काम हुने गरेको उनले बताए । आफूहरूले भिजिट भिसा प्रकरणको कुरा उठाए पनि आवाजलाई निस्तेज पार्ने प्रयास भइरहेको उनको दाबी थियो । 

    उनले भने, “जब भ्रष्टाचार र बिचौलियाको संरक्षण गर्ने सरकार रहन्छ, त्यसले मुलुक र लोकतन्त्रलाई दुर्घटनामा लैजान्छ । दुई महिनाभन्दा लामो समयदेखि भिजिट भिसाको नाममा भइरहेको मानव तस्करीका विरुद्ध उच्चस्तरीय स्वतन्त्र छानबिन समिति माग गरेर आन्दोलित भइरहदा, लिचीवारी बेच्ने अडियो टेप आयो । पासपोर्टको छपाइमा भागबन्डा भएको खबर बाहिरियो । कुलिङ पिरियडको बदमासीको जिम्मेवारी लिनुपर्ने निष्कर्ष निस्कियो । तर पनि संसद् मौन छ र उल्टै विपक्षीको आवाजलाई निस्तेज पार्न प्रयास भइरहेको छ,” उनले अगाडि भने, “केही दिन अगाडि एयरपोर्टको अध्यागमनमा गृह मन्त्रालयका कर्मचारीले अझै घुस लिइरहेको सूचना प्रहरीकोमा पुग्छ तर गृहमन्त्रीलाई अप्ठ्यारो पर्छ भनेर छानबिन अगाडि बढ्दैन ।” 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय