images
Logo
images

मङ्गलबारको राशिफल : तपाईँको लागि आजको दिन कति फलदायी रहला ?

मङ्गलबारको राशिफल : तपाईँको लागि आजको दिन कति फलदायी रहला ?

मंगलवार, भदौ ३ २०८२
मंगलवार, भदौ ३ २०८२
  • मङ्गलबारको राशिफल : तपाईँको लागि आजको दिन कति फलदायी रहला ?

    आज वि.सं. २०८२ साल भाद्र ३ गते, मंगलबार, ईश्वी सन् २०२५ अगस्ट १९ तारिख, नेपाल संवत् ११४५, सिद्धार्थी संवत्सर, दक्षिणायनं, वर्षा ऋतु, श्रीशाके १९४७, भाद्र कृष्णपक्ष, एकादशी तिथी, दिउँसो ३ः५५ बजेपछि द्वाद्वशी, आद्र्रा नक्षत्र, आनन्दादिमा–चर योग, चन्द्रराशि–मिथुन ।

    images
    images

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    अर्थतन्त्रमा आय आर्जनका विभिन्न स्रोत सक्रिय हुनेछन्। वित्तीय बजार तथा व्यापारमा लगानी बढ्नाले पछिसम्म लाभ हुनेछ। योजनाबद्ध काम, धैर्य र पराक्रमले दिगो आम्दानीका अवसर खोल्नेछ। सेवामूलक कार्यले प्रतिष्ठा बढ्नेछ भने प्रतिस्पर्धीलाई पछाडि पार्न सकिनेछ। भौतिक साधन र लगानी जुट्नाले व्यवसाय मजबुत बन्दै दीर्घकालीन आर्थिक लाभ प्राप्त हुनेछ।

    वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
    व्यापार, उद्योग र वित्तीय बजारमा लगानीले आर्थिक क्षेत्र मजबुत बन्नेछ। पहिलेका लगानी उठ्नाले आत्मविश्वास बढ्नेछ। होटल तथा खानपान व्यापारबाट लाभ हुने सम्भावना छ। खर्च नियन्त्रित गर्नुपर्छ, नत्र तत्काल आम्दानी पनि खर्चिनुपर्ने स्थिति आउन सक्छ। मिहिनेत र बुद्धिको सदुपयोगले समस्याहरू समाधान भई दीर्घकालीन लाभदायी अवसरहरू जुट्नेछन्।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
    आर्थिक क्षेत्रमा नयाँ कामको प्रस्ताव आउँदा लगानी बढ्नेछ। प्रतिष्ठित कार्यबाट नाम, दाम र इनाम कमाउने अवसर मिल्नेछ। पुरानो सफलताले नयाँ काम गर्न हौसला दिनेछ। उच्च पदस्थ व्यक्तिहरूसँग सम्पर्क विस्तार भई व्यापारिक लाभ हुनेछ। आर्थिक पक्ष सबल रहेकाले दीर्घकालीन योजनामा जोड दिन सकिनेछ। सहयोगीहरूको साथले मिहिनेतको फल लाभदायी बन्नेछ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    आर्थिक अवस्थामा कमजोरी देखिए पनि विदेशी लगानीमा सञ्चालित संस्थाबाट लाभ उठाउन सकिनेछ। आकस्मिक खर्च बढ्नाले अर्थ अभाव अनुभव हुन सक्छ, तर प्रयास गरे रोजगार तथा नयाँ अवसर प्राप्त हुनेछ। उधारो व्यापार वा अस्थायी कठिनाइ सामना गर्नुपर्ला। योजनाबद्ध मिहिनेतले विदेश अध्ययन, श्रम वा कारोबारमा दीर्घकालीन लाभ दिने सम्भावना बलियो छ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    व्यवसाय फस्टाउँदै दैनिक कारोबार बढ्नेछ। आयस्रोतका नयाँ माध्यम फेला पर्नुका साथै शेयर बजारबाट लाभ हुने संकेत छ। विशिष्ट व्यक्तिहरूको सहयोगले लगानी विस्तार हुनेछ। आवश्यक भौतिक साधन जुटेर दिगो योजना अघि बढाउन सकिनेछ। श्रमको उचित मूल्य पाइनेछ भने सानो कामले पनि आम्दानी बढ्नेछ। रोकिएका काम सम्पन्न भई आर्थिक क्षेत्र सबल बन्नेछ।

    कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
    व्यापार तथा वित्तीय क्षेत्रमा लगानीले लाभ दिलाउनेछ। नोकरी वा पेशामा नयाँ अवसर आउन सक्छ भने पदोन्नतिको सम्भावना बलियो छ। विशिष्ट व्यक्तिको सहयोगले महत्त्वाकांक्षी काम अघि बढ्नेछ। भूमि, वाहन वा कर्मयोगबाट आम्दानी बढ्ने संकेत छ। रोकिएका काम बन्नेछन्, प्रतिष्ठित कार्यबाट नाम र दाम कमाइनेछ। उपलब्धिले जीवनशैलीमा सुधार ल्याउनेछ।

    तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
    व्यापार तथा शेयर बजारमा लगानी बढेर आर्थिक समस्या समाधान हुनेछ। खोज तथा अनुसन्धानमा लगानी गर्नेले उपलब्धि हात पार्नेछन्। युवा वर्गका लागि करियरमा नयाँ अवसर आउँनेछ भने लगनशीलताले संकल्प पूरा गर्न सकिनेछ। चुनौती भए पनि अवसर खोज्न सकिनेछ। धार्मिक तथा शैक्षिक यात्राबाट ज्ञान र अनुभव प्राप्त भई दीर्घकालीन आर्थिक लाभको आधार बन्नेछ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    आर्थिक पक्ष सामान्य रहे पनि आकस्मिक धनलाभका अवसर देखिन्छन्। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ने हुन सक्छ। स्वास्थ्य समस्याले जोसजाँगरमा कमी आउन सक्छ, जसले कार्यक्षेत्रमा प्रभाव पार्नेछ। यात्रा कष्टपूर्ण भए पनि सहयोगीहरूको साथले केही काम सम्पन्न हुनेछ। दीर्घकालीन उपलब्धिका लागि धैर्यपूर्वक प्रतीक्षा गर्नुपर्ने समय हुनेछ।

    धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
    व्यापार तथा वित्तीय क्षेत्रमा लगानीले मनग्गे लाभ दिलाउनेछ। आफैंको मेहनतले जीवनशैलीमा सुधार आउनेछ। मित्र तथा आफन्तको सहयोगले बिग्रिएका काम बन्नेछन्। छोटो समयमा फाइदा उठाउन सकिनेछ भने व्यवसायमा सन्तोषजनक उपलब्धि हुनेछ। खर्च बढे पनि आर्थिक पक्ष सबल रहनेछ। व्यापारिक कारणले रमाइलो यात्रा हुन सक्नेछ, जसले नयाँ अवसर खोल्नेछ।

    मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
    व्यापार र वित्तीय क्षेत्रमा नयाँ लगानीले लाभ दिलाउनेछ। प्रतिस्पर्धीलाई पछि पार्दै अधिकार र प्रतिष्ठा सुरक्षित रहन सक्छ। खाद्यान्न, निर्माण सामाग्री, अटो पार्टस् तथा शेयर बजारमा लगानी फस्टाउने सम्भावना छ। मिहिनेतले पढाइ, कार्यक्षेत्र र व्यवसायमा सफलता दिलाउनेछ। पारिवारिक सहयोगले योजना सहज बनाउनेछ। चुनौती पार गरी महत्त्वाकांक्षी आर्थिक काम प्रारम्भ गर्न शुभ समय छ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
    वंश वृद्धि र परिवारिक प्रगतिले मन प्रसन्न हुनेछ। बौद्धिक तथा सृजनात्मक क्षेत्रमा लगानीले मनग्गे लाभ दिलाउनेछ। छोटो दुरीको यात्रा र माङ्गलिक समारोहमा सहभागी भई अवसर पाउन सकिनेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। धैर्य र लगनशीलताले रोकिएका वा चुनौतीपूर्ण काम पूरा गर्न मद्दत गर्नेछ। अवसर र व्यवधानको उतारचढावमा पनि सकारात्मक परिणाम प्राप्त हुने सम्भावना छ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
    व्यापारमा मन्दी भए पनि घरजग्गा र सवारी साधनको कारोबारबाट लाभ लिन सकिनेछ। अध्ययन तथा कार्यक्षेत्रमा मेहनत आवश्यक छ, विवादास्पद जिम्मेवारी र चुनौतीहरूसँग जुझ्नुपर्ने समय छ। अवसर प्राप्त भए पनि प्रतिफल तत्काल नपर्न सक्छ। रोकिएका काम दोहोर्याउनुपर्ने र आफ्नै प्रतिफलबाट अरूले फाइदा उठाउन सक्ने स्थिति रहन्छ। घरेलु काम र सामान्य लाभका अवसरहरू पनि मिल्नेछन्।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय