images
Logo
images

पुराना पार्टीहरुले केही गर्न सक्दैनन् भन्ने अतिरञ्जित भाष्य चिर्न आवश्यक : देउवा

पुराना पार्टीहरुले केही गर्न सक्दैनन् भन्ने अतिरञ्जित भाष्य चिर्न आवश्यक : देउवा

मंगलवार, भदौ ३ २०८२
मंगलवार, भदौ ३ २०८२
  • पुराना पार्टीहरुले केही गर्न सक्दैनन् भन्ने अतिरञ्जित भाष्य चिर्न आवश्यक : देउवा

    काठमाडौँ / नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पुराना राजनीतिक दलहरू केही गर्न सक्दैनन् भन्ने अतिरञ्जित र नकारात्मक भाष्यहरू निर्माण भएको बताएका छन् ।  

    images
    images

    सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा तीज पर्वको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले पुराना राजनीतिक दलहरू केही गर्न सक्दैनन् भन्ने अतिरञ्जित र नकारात्मक भाष्यहरू निर्माण गरी समाजलाई दिग्भ्रमित पार्ने काम भइरहेको बताउँदै यस्ता भाष्य चिर्न आवश्यक रहेको बताए । 

    उनले भने, “पुराना पार्टीहरूले केही गर्न सक्दैनन् भन्ने अतिरञ्जित र  अपभाष्य निर्माण गरी समाजलाई दिग्भ्रमित गर्ने कोशिस भइरहेका छन् । तर हामीले यस्ता भाष्य र चुनौतीहरु चिर्दै हामी अझ शशक्ति र क्रियाशील हुन आवश्यक छ । कांग्रेसका सबै शुभेच्छुकहरूलाई क्रियाशील र गतिशील बनाउँदै पार्टीभित्र वृहत् एकता कायम गरी आगामी निर्वाचनमा बहुमत ल्याइ कांग्रेसको सरकार स्थिर सरकार निर्माण गर्न सबैजना एकताबद्ध भएर अघि बढ्न आवश्यक छ ।” 

    त्यस्तै, उनले ०८४ को निर्वाचनमा एकल बहुमत ल्याएर कांग्रेसको नेतृत्वमा सरकार निर्माण गर्नुपर्ने बताए । परम्पराले हाम्रो समुदायमा एक साझा फूलबारीको रुपमा प्रतिनिधित्व गर्दै आएको.बताउँदै पर्वहरु देशको गर्व र पहिचान भएको बताए । 

    सभापति देउवाले तीज पर्वले महिलाहरुको आपसी सद्भाव, समानता र महिला सहभागितामा टेवा पुग्ने धारणा राखे । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय