एनएमबि बैंकको नाफामा ४६.२२ प्रतिशतको बृद्धि, प्रतिसेयर आम्दानी कति ?

एनएमबि बैंकको नाफामा ४६.२२ प्रतिशतको बृद्धि, प्रतिसेयर आम्दानी कति ?

मंगलवार, साउन २७ २०८२
मंगलवार, साउन २७ २०८२
  • एनएमबि बैंकको नाफामा ४६.२२ प्रतिशतको बृद्धि, प्रतिसेयर आम्दानी कति ?

    काठमाडौँ / एनएमबि बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८१/०८२ को चौथो त्रैमाससम्ममा ३ अर्ब २८ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक बर्ष २०८०/०८१ को तुलनामा ४६.२२ प्रतिशत बढी हो । 

    images
    images

    बैंकले प्रकाशित गरेको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकले अघिल्लो आर्थिक वर्ष २ अर्ब २४ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानीमा सामान्य वृद्धि भए पनि इम्पेरमेन्ट चार्ज घटेसँगै खुद नाफा वृद्धि दर बढी देखिएको छ।

    समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ११.१४ प्रतिशतले बढेको छ । अघिल्लो बर्ष ७ अर्ब २१ करोड ६७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले समीक्षा अवधिमा सो रकम बढाएर अर्थात ८ अर्ब २ करोड ८ लाख रुपैयाँ पुर्याएको हो । 

    यसैगरी, बैंकको खुद फि तथा कमिशन आम्दानी २१.६२ प्रतिशतले बढेको छ भने कुल सञ्चालन आम्दानी १४.३४ प्रतिशतले वृद्धि भएको छ । 

    यता, एनएमबि बैंकको सञ्चालन मुनाफा रकम ६४.४६ प्रतिशतले बढेको देखिन्छ । अघिल्लो बर्ष ३ अर्ब २५ करोड ३० लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको बैंकले समीक्षा अवधिमा सो रकम बढाएर ५ अर्ब ३५ करोड रुपैयाँ पुर्याएको हो । 

    यता, बैंकको इम्पेरिमेन्ट चार्ज २ अर्ब ३ करोड रुपैयाँबाट घटेर ९५ करोड ८० लाख रुपैयाँमा झरेको छ, जसले सञ्चालन मुनाफा र खुद नाफा वृद्धिमा मद्दत गरेको छ।

    बैंकको चुक्ता पूँजी १८ अर्ब ३३ करोड ६७ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा १४ अर्ब ३१ करोड रुपैयाँ सञ्चित छ। असार मसान्तसम्ममा बैंकले २ खर्ब ८० अर्ब ९२ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब २९ अर्ब ११ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

    यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ९० करोड रुपैयाँ पुगेको छ भने वितरणयोग्य प्रतिसेयर आम्दानी १० रुपैयाँ ४१ पैसा रहेको छ।

    नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि वृद्धि भएको छ। समीक्षा अवधिमा प्रतिसेयर आम्दानी ५ रुपैयाँ ६६ पैसा बढेर १७ रुपैयाँ ९० पैसा पुगेको छ। 

    गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको मूल्य-आम्दानी अनुपात १५.१० गुणा र प्रतिसेयर नेटवर्थ १८० रुपैयाँ ६८ पैसा रहेको छ। नाफा उल्लेख्य बढेको भए पनि बैंकको खराब कर्जा भने सामान्य बढेको छ । अघिल्लो बर्ष ३.४० प्रतिशत खराब कर्जा रहेकोमा गत बर्ष भने बढेर ३.७२ प्रतिशत पुगेको हो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय