नबिल बैंकको नाफा ७ अर्ब १२ करोड, खराब कर्जामा उल्लेख्य सुधार

नबिल बैंकको नाफा ७ अर्ब १२ करोड, खराब कर्जामा उल्लेख्य सुधार

मंगलवार, साउन २७ २०८२
मंगलवार, साउन २७ २०८२
  • नबिल बैंकको नाफा ७ अर्ब १२ करोड, खराब कर्जामा उल्लेख्य सुधार

    काठमाडौँ / नबिल बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८१/०८२ को चौथो त्रैमाससम्म ७ अर्ब १२ करोड ७५ लाख रुपैयाँ बराबर खुद नाफा आर्जन गरेको छ । 

    images
    images

    मङ्गलबार प्रकाशित अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले गत आर्थिक बर्षमा नाफा रकम १५.०१ प्रतिशतले बृद्धि गरेको हो । अघिल्लो आर्थिक बर्षमा बैंकको यस्तो नाफा ६ अर्ब १९ करोड ७१ लाख रुपैयाँ थियो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ०.०६ प्रतिशतले मात्रै बृद्धि भएको छ । 

    यता, इम्पेरिमेन्ट चार्जसमेत ४ अर्ब ६३ करोड रुपैयाँबाट घटेर २ अर्ब ३९ करोड रुपैयाँमा झरेको छ । जसले गर्दा बैंकको नाफा बृद्धिमा सहयोग पुगेको हो । 

    साथै, खुद फि तथा कमिशन आम्दानी ५.३८ प्रतिशत र कुल सञ्चालन आम्दानी ३.४२ प्रतिशत बढेको छ। बैंकले समीक्षा अवधिमा खराब कर्जामा भने उल्लेखनीय सुधार गर्न सफल भएको छ ।

    अघिल्लो बर्ष ४.४५ प्रतिशत खराब कर्जा रहेकोमा गत बर्ष भने उक्त तथ्याङ्कलाई ०.९५ प्रतिशतमा सीमित राखेको हो । 

    यसैगरी, समीक्षा अवधिमा सञ्चालन मुनाफा २५.४४ प्रतिशत बढेको छ। बैंकको चुक्ता पूँजी २७ अर्ब ५ करोड ६९ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ३६ अर्ब ६८ करोड रुपैयाँ सञ्चित छ।

    असार मसान्तसम्ममा बैंकले ५ खर्ब २४ अर्ब ६२ करोड रुपैयाँ निक्षेप सङ्कलन गरी ४ खर्ब १२ अर्ब ७९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।

    सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ४ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ भने वितरणयोग्य प्रतिसेयर आम्दानी १७ रुपैयाँ ६४ पैसा रहेको छ।

    प्रतिसेयर आम्दानी पनि बढेर २६ रुपैयाँ ३४ पैसामा पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ३ रुपैयाँ ४४ पैसा बढी हो। गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको मूल्य-आम्दानी अनुपात २०.५५ गुणा र प्रतिशेयर नेटवर्थ २३५ रुपैयाँ ५८ पैसा रहेको छ।

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय