इभि आयात बढेपछि घट्यो पेट्रोलियम पदार्थको प्रयोग, एक बर्षमा भित्रिए ३१ अर्ब ७५ करोडको इभि

इभि आयात बढेपछि घट्यो पेट्रोलियम पदार्थको प्रयोग, एक बर्षमा भित्रिए ३१ अर्ब ७५ करोडको इभि

उद्योगधन्दा एवम् कलकारखानाहरूमा समेत विद्युतको बढ्दो प्रयोगले पेट्रोलियम इन्धनको खपत कम

मंगलवार, साउन २७ २०८२
मंगलवार, साउन २७ २०८२
  • इभि आयात बढेपछि घट्यो पेट्रोलियम पदार्थको प्रयोग, एक बर्षमा भित्रिए ३१ अर्ब ७५ करोडको इभि

    काठमाडौँ / स्वदेशमै उत्पादित स्वच्छ ऊर्जा खपत गर्न र वातावरणीय प्रदूषण घटाउन सरकारले विद्युतीय सवारी (इभि) प्रवर्द्धन गर्ने नीति लिएसँगै देशमा इभि आयात ह्वात्तै बढेको छ भने पेट्रोलियम पदार्थ घट्दै गएको छ ।

    images
    images

    भन्सार विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष (आव) २०७९/८० मा नेपालमा ११ अर्ब ८४ करोड रुपैयाँका ४ हजार ५० वटा इभि भित्रिएका थिए । त्यसको तीन वर्षपछि आव २०८१/८२ मा भने ३१ अर्ब ७५ करोड ३६ लाख रुपैयाँ बराबरका १३ हजार ५६९ वटा इभि आयात भएका छन् । यस्तै, आव २०८०/८१ मा ११ हजार ७ सय इभि आयात भएका छन् । 

    यस अवधिमा पेट्रोलियम पदार्थको आयात भने निरन्तर घट्दो क्रममा रहेको पाइएको छ । विभागका अनुसार आव २०७९/८० मा नेपालमा ३ खर्ब ९ अर्ब ७० करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको थियो । तर, आव २०८१/८२ मा भने पेट्रोलियम पदार्थको आयात घटेर २ खर्ब ८७ अर्ब ६५ करोड रुपैयाँमा झरेको छ । आव २०८०/८१ मा भने ३ खर्ब रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको विभागको तथ्याङ्कमा उल्लेख छ ।

    सरकारले लिएको नीतिका कारण उपभोक्ता समेत इभिमा आकर्षित हुँदै गएकाले इभि आयात बढेको र पेट्रोलियम पदार्थको आयात घटेको सरोकारवालाहरूले बताउँदै आएका छन् ।

    नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डीकाप्रसाद भट्टले पछिल्लो समय नेपालमा विद्युतीय सवारीसाधनको प्रयोग बढ्दै गएकाले पेट्रोलियम पदार्थको खपत घट्दा आयातमा पनि कमी भएको बताए ।

    उनका अनुसार आम मानिसहरूमा डिजेल र पेट्रोलियम पदार्थबाट चल्ने गाडिहरूमा बिस्तारै आकर्षण घट्दै गएको देखिन्छ । साथै विभिन्न उद्योगधन्दा एवम् कलकारखानाहरूमा समेत विद्युतको बढ्दो प्रयोगले पेट्रोलियम इन्धनको खपत घटाएको छ । 

    नेपालमा चीन, भारत, कोरिया, जर्मनी, मलेसीया, इन्डोनसिया, अमेरिका लगायत मुलुकबाट इभि गाडि भित्रिने गरेका छन् । गत आवमा सबैभन्दा धेरै इभि चिनबाट आयात भएका छन् । कुल इभि आयातको ७५ प्रतिशत चीनबाट आयात भएको तथ्यांकले देखाउँछ । चिनबाट २४ अर्ब ७३ करोड ९० लाख रुपैयाँ बराबरको १० हजार २१६ युनिट आयात भएको छ ।

    कुल आयातको २४ प्रतिशत इभि भारतबाट आयात भएका छन् । भारतबाट गत आवमा ६ अर्ब ४६ करोड ६५ लाख रुपैयाँ बराबरको ३ हजार २४६ वटा ईभी आयात भएका छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय