मन्जुश्री फाइनान्सको खुद नाफा ४० प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो छ ?

मन्जुश्री फाइनान्सको खुद नाफा ४० प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो छ ?

मंगलवार, साउन २७ २०८२
मंगलवार, साउन २७ २०८२
  • मन्जुश्री फाइनान्सको खुद नाफा ४० प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो छ ?

    मन्जुश्री फाइनान्स लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार संस्थाको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ ।

    images
    images

    गत आर्थिक वर्षको अन्त्यसम्ममा संस्थाले ३१ करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। 

    यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३९.९७ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्ष संस्थाले २२ करोड ४६ लाख  रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

    खुद ब्याज आम्दानीसँगै सञ्चालन आम्दानीमा वृद्धि हुँदा संस्थाको खुद नाफा बढेको हो । समीक्षा अवधिमा संस्थाको खुद ब्याज आम्दानी ८७ करोड ३२ लाख रुपैयाँ छ । यो अघिल्लो वर्षको तुलनामा १६.५१ प्रतिशतले बढेको हो । 

    साथै, संस्थाको सञ्चालन मुनाफा ४८.५० प्रतिशतले बढेर ५१ करोड ८० लाख रुपैयाँ पुगेको छ । यस अवधिमा संस्थाको वितरण योग्य मुनाफा ३५ करोड ४५ लाख रुपैयाँ रहेको छ ।

    संस्थाको निक्षेप २५.८९ प्रतिशतले बृद्धि भै २२ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ भने कुल कर्जा १९.६५ प्रतिशतले बृद्धि भै १८ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ । 

    चुक्तापुँजी १ अर्ब ३५ करोड रुपैयाँ रहेको मन्जुश्रीको रिटेन्ड अर्निङ ७३ करोड ८२ लाख रुपैयाँ र जगेडा कोषमा समेत ७३ करोड ८२ लाख रुपैयाँ सञ्चित छ ।

    समीक्षा अवधिमा संस्थाको खराब कर्जा ३.२२ प्रतिशतबाट घटेर ३.११ प्रतिशत पुगेको छ । नाफासँगै संस्थाको प्रतिसेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा संस्थाको यस्तो आम्दानी ६ रुपैयाँ ६४ पैसाले बढेर २३ रुपैयाँ २६ पैसा पुगेको छ ।

    संस्थाको प्रतिसेयर नेटवर्थ १८० रुपैयाँ ८५ पैसा रहेको छ । असार मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २६.७९ गुणा छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय