प्रदीप शाहीको चलचित्र ‘अन्तिम संस्कार’ अब अमेजन प्राइममा

प्रदीप शाहीको चलचित्र ‘अन्तिम संस्कार’ अब अमेजन प्राइममा

मंगलवार, साउन २७ २०८२
मंगलवार, साउन २७ २०८२
  • प्रदीप शाहीको चलचित्र ‘अन्तिम संस्कार’ अब अमेजन प्राइममा

    काठमाडौँ / प्रदीप शाही निर्देशित नेपाली चलचित्र ‘अन्तिम संस्कार’ अब अमेजन प्राइममा हेर्न सकिने भएको छ। नेपालका हलहरूमा प्रदर्शन हुँदा औसत व्यापार गरेको यो चलचित्रले समीक्षकहरूबाट भने सकारात्मक प्रतिक्रिया पाएको थियो।

    चलचित्रमा विजय लामा, दीया पुन, रेश्मा घिमिरे, एवनराज उप्रेती, त्रिचु राई, विशाल पहारी, कृष्णभक्त महर्जन, श्याम राई, पासाङ लामा, बिकाश अधिकारी, सरोज खालिङ राई, सस्मिता गिरी, दिग्गज खत्री, सरोज कुमाल र धर्मानन्द आचार्य लगायत कलाकारको अभिनय रहेको छ।

    शाहीको निर्देशनमा बनेको पहिलो चलचित्र ‘1915: लेजेन्ड अफ गोर्खाज’ पनि यसअघि नै अमेजन प्राइममा उपलब्ध छ। हाल उनी निर्देशित तेस्रो फिल्म ‘एक्लो’ सम्पादनको अन्तिम चरणमा छ।

    साई प्रोडक्सन नेपालको ब्यानर र ह्याम्साएर एकाउन्टेन्टको सहकार्यमा बनेको यस चलचित्रमा भाइराजा थापा, राजु कुमार गुरुङ, सुमन राई, उत्सव विष्ट र रबिन्द्र श्रेष्ठ कार्यकारी निर्माता रहेका छन्। विनोद सुवेदी क्षितिज निर्माता रहेको यस फिल्मको कथावस्तु सामाजिक तथा सांस्कृतिक पृष्ठभूमिमा आधारित छ भने यसमा ‘मर्डर मिस्ट्रि’को रोचक पाटो पनि समावेश गरिएको छ।

    images
    images

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय