मङ्गलबारको राशिफल : आज तपाईँको लागि लगानी, आम्दानी, खर्च, मान सम्मानदेखि प्रेम जीवन कस्तो रहला ?

मङ्गलबारको राशिफल : आज तपाईँको लागि लगानी, आम्दानी, खर्च, मान सम्मानदेखि प्रेम जीवन कस्तो रहला ?

मंगलवार, साउन २७ २०८२
मंगलवार, साउन २७ २०८२
  • मङ्गलबारको राशिफल : आज तपाईँको लागि लगानी, आम्दानी, खर्च, मान सम्मानदेखि प्रेम जीवन कस्तो रहला ?

    आज वि.सं.२०८२ साल साउन २७ गते, मङ्गलबार तदनुसार ईश्वी सन् २०२५ अगष्ट १२ तारिख, नेपाल संवत् ११४५, सिद्धार्थी संवत्सर, दक्षिणायनं, वर्षा ऋतु, श्रीशाके १९४७, भाद्र कृष्णपक्ष, तृतीया तिथी, बिहान ९ः५६ बजेपछि चतुर्थी, पूर्वाभाद्रपदा नक्षत्र, आनन्दादिमा-अमृत योग, चन्द्रराशि-कुम्भ, बिहान ८ः२१ बजेपछि मीन । 

    images
    images

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    विदेश यात्रा, व्यापार विस्तार र कमाईका अवसर बढ्नेछन्। विदेशी सामानको व्यापार फस्टाउनेछ तर उधारो कारोबार र लगानी बढ्ने सम्भावना छ। समयमा काम सम्पन्न गरी नाम(दाम कमाउन सकिनेछ। खर्च बढे पनि उपलब्धि प्राप्त हुनेछन्। अवसरवादीबाट सावधान रहनु आवश्यक छ। परिश्रमको प्रतिफल कम भए पनि कार्यक्षेत्रमा मानसम्मान बढ्नेछ।

    वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
    माया सम्बन्धमा सुधार, पारिवारिक सहयोग र इच्छा पूरा हुने समय हुनेछ। व्यापारमा लगानीबाट मनग्गे आम्दानी र शेयर बजारमा नाफा मिल्नेछ। नयाँ अवसर फेला पारी आम्दानीका स्रोत विस्तार हुनेछन्। सहकारी तथा वित्तीय संस्थाबाट सकारात्मक समाचार आउनेछ। थोरै लगानीमै नाफा, श्रमको उचित मूल्याङ्कन र सामाजिक सम्मान बढ्ने सम्भावना छ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
    पैतृक स्रोत, कृषि–पशुपालन र व्यापारमा लगानीबाट आम्दानी बढ्नेछ। शेयर बजारमा नाफा, राजनीति वा समाजसेवामा समर्थन र पदको सम्भावना छ। नोकरीमा बढोत्तरी र नयाँ अवसर मिल्नेछ। भाग्यको साथले धन र सुख बढ्नेछ। प्रारम्भिक चुनौती भए पनि दोहोर्याएर प्रयत्न गर्दा दीर्घकालीन फाइदा हुनेछ, आर्थिक पक्ष सबल रहनेछ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    भाग्यको साथ र सानो प्रयत्नले ठूलो उपलब्धि हासिल हुनेछ। आर्थिक प्रयत्न सफल भई दीर्घकालीन फाइदा दिने काम प्रारम्भ हुनेछ। धर्म–आध्यात्मिकतामा रुचि बढ्नेछ र सामुदायिक जिम्मेवारी वहन गर्ने अवसर मिल्नेछ। लेखन वा कलाबाट जनमानसमा प्रभाव पार्न सकिनेछ। प्रारम्भिक चुनौती भए पनि दोहोर्याएर प्रयत्न गर्दा लाभ हुनेछ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    व्यापारमा घाटा र माया सम्बन्धमा धोका हुने सम्भावना छ, स्वास्थ्य र खर्चमा दबाब बढ्नेछ। पढाइमा ध्यान नदिँदा पछि पर्ने चिन्ता रहला। तर, नयाँ नोकरी वा कार्यक्षेत्रमा सफलता मिल्नेछ। मान्यजनको सहयोगले केही फाइदा हुनेछ। चुनौतीबीच पनि दोहोर्याएर प्रयत्न गर्दा आँटेको काम बन्नेछ र आगामी फाइदाका अवसर फेला पर्नेछन्।

    कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
    आर्थिक पक्ष सबल भई भौतिक सम्पत्ति र जीवनशैलीमा उन्नति हुनेछ। नयाँ कामबाट आम्दानी बढ्नेछ र व्यापारमा थोरै श्रमले लाभ मिल्नेछ। प्रेम, मित्रता र पारिवारिक सम्बन्धमा नजिक्यता बढ्नेछ। रोकिएको पैसा हातपर्नेछ, रमाइलो यात्रा र मनोरञ्जनको अवसर मिल्नेछ। प्रयासले दीर्घकालीन फाइदा दिने काम सुरु हुनेछ, प्रतिष्ठा र सम्मान बढ्नेछ।

    तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
    आर्थिक पक्ष सबल भई भौतिक सम्पत्ति र जीवनशैलीमा सुधार हुनेछ। नयाँ कामबाट आम्दानी बढ्नेछ र कार्यक्षेत्रमा आयस्रोत विस्तार हुनेछ। प्रेम, परिवार र यात्रामा खुशी मिल्नेछ। तर, साझेदारीमा पारदर्शिता आवश्यक छ र ठगीबाट सावधान रहनुपर्छ। व्यस्तता, शारीरिक कमजोरी र विवादास्पद जिम्मेवारीका बीच निरन्तर प्रयासले दीर्घकालीन फाइदा दिलाउनेछ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    थाती काम पूरा भई धन–सम्पत्ति सङ्ग्रहको अवसर मिल्नेछ। आर्थिक मुद्दा समाधान हुनेछ र मित्रको सहयोगले काम समयमै बन्नेछ। पढाइमा सुधार र अध्ययन–यात्राको सम्भावना छ। तर, आफन्तबाट अपेक्षित सहयोग नपाइने र ईर्ष्यालु व्यक्तिबाट बाधा आउनेछ। व्यापार लाभ सीमित भए पनि कृषि–पशुपालनबाट फाइदा हुनेछ। मेहनतले प्रतिष्ठित काम सम्पादन हुनेछ।

    धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
    आमा र आफन्तको सल्लाहले सुधारात्मक काम सफल हुनेछ। कृषि–पशुपालन र सवारी साधन व्यापारबाट आम्दानी बढ्नेछ। सामाजिक र राजनीतिक कामले मान–प्रतिष्ठा बढ्नेछ र सहकर्मीको साथ मिल्नेछ। व्यापारमा नयाँ अवसर भेटिनेछ। तर, आश्वासनबाजबाट सावधान रहनुहोस्, तत्काल प्रतिफल नआउन सक्छ। दोहोर्याएर प्रयत्न गर्दा रोकिएका काम पूरा भई दीर्घकालीन फाइदा हुनेछ।

    मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
    सानो प्रयासले राम्रो फाइदा मिल्नेछ र प्रतिस्पर्धी परास्त हुनेछन्। माया प्रेम र पारिवारिक सम्बन्धमा सुधार हुनेछ। उद्योग, शेयर बजार र वैदेशिक शिक्षा क्षेत्रमा शुभ समाचार आउनेछ। व्यापारका लागि यात्रा आवश्यक छ। अनावश्यक हल्लाबाट बच्नुपर्छ, शत्रुबाट सावधानी अपनाउनुपर्छ। बुद्धिमत्ताले समस्या समाधान हुनेछ र मेहनतले दीर्घकालीन सफलता दिलाउनेछ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
    कामप्रति प्रशंसा र विशिष्ट व्यक्तिबाट सम्मान प्राप्त हुने समय हो। तार्किक क्षमतामा वृद्धि हुँदै आम्दानी र प्रतिष्ठा बढ्नेछ। संगीत क्षेत्रमा नाम कमाउने मौका छ। पारिवारिक सम्बन्ध सुदृढ हुनेछन् र सन्तानबाट शुभ सूचना आउनेछ। नोकरीमा वरिष्ठ सहयोग हुनेछ। खर्च र वादविवादमा सावधानी आवश्यक छ। ईर्ष्या गर्नेबाट जोगिएर मेहनत गर्दा भविष्य उज्जवल हुनेछ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
    कलात्मक रचनात्मक कामले भविष्यका आयस्रोत सुरक्षित गर्नेछ। राजनीति र शेयर बजारमा लगानीबाट मनग्गे नाफा हुने योग छ। विद्यार्थीले खोजमूलक सफलता पाउनेछन्। प्रेम जीवन सुखद् रहनेछ। तर विश्वासघात, बोलीबाट समस्या र स्वास्थ्य खर्च बढ्न सक्छ। विवादास्पद जिम्मेवारीले आत्मसम्मानमा असर पुर्याउन सक्छ। तापनि इच्छाशक्ति र लगनशीलताले लक्ष्य पूरा गर्ने अवसर दिनेछ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय