एभरेष्ट बैंकको नाफा ३२.८१ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति पुग्यो ?

एभरेष्ट बैंकको नाफा ३२.८१ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति पुग्यो ?

सोमवार, साउन २६ २०८२
सोमवार, साउन २६ २०८२
  • एभरेष्ट बैंकको नाफा ३२.८१ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति पुग्यो ?

    काठमाडौँ / एभरेष्ट बैंक लिमिटेडले गत आर्थिक बर्ष २०८१/८२ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ, जसअनुसार बैंकको खुद नाफा अघिल्लो वर्षको तुलनामा उल्लेख्य वृद्धि भएको छ।

    images
    images

    गत आर्थिक वर्षको अन्त्यसम्म बैंकले ४ अर्ब ९१ करोड ८१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको भन्दा ३२.८१ प्रतिशतले बढी हो ।

    अघिल्लो बर्ष सोही अवधिमा बैंकले ३ अर्ब ७० करोड ३२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । खुद ब्याज आम्दानी तथा सञ्चालन आम्दानीमा भएको वृद्धिले नाफामा सकारात्मक प्रभाव पारेको बैंकले जनाएको छ।

    समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ९ अर्ब १२ करोड ९३ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा १९.३६ प्रतिशतले बढेको हो । 

    त्यस्तै, सञ्चालन मुनाफा ३१.६३ प्रतिशतले बढेर ७ अर्ब ४५ करोड ४२ लाख रुपैयाँ पुगेको छ। बैंकको वितरणयोग्य मुनाफा ४ अर्ब ९५ करोड ४४ लाख रुपैयाँ रहेको छ।

    असार मसान्तसम्ममा बैंकले २ खर्ब ९८ अर्ब ८१ करोड ८४ लाख रुपैयाँ निक्षेप सङ्कलन गरेको छ भने दुई खर्ब १३ अर्ब ६२ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

    बैंकको चुक्ता पूँजी १२ अर्ब ९४ करोड ४४ लाख रुपैयाँ, रिर्टन्ड अर्निङ ४ अर्ब ९५ करोड ४४ लाख रुपैयाँ तथा जगेडा कोषमा १३ अर्ब ८८ करोड ५९ लाख रुपैयाँ सञ्चित छ। यस अवधिमा बैंकको खराब कर्जा ०.७१ प्रतिशतबाट घटेर ०.३८ प्रतिशतमा पुगेको छ। 

    नाफामा वृद्धिसँगै बैंकको प्रतिसेयर आम्दानी ६ रुपैयाँ ५२ पैसाले बढेर ३७ रुपैयाँ ९९ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ २४७ रुपैयाँ ३९ पैसा छ। 

    असार मसान्तसम्ममा बैंकको मूल्य-आम्दानी अनुपात १८.४७ गुणा रहेको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय