मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
पढाइ लेखाइमा मन जाने हुनाले सफलता हात पार्न सकिनेछ । छोटो दुरीको आन्तरिक यात्राको तय गर्न सकिनेछ । दाजुभाइबाट सहयोग पाइने हुनाले आट तथा साहस गरी लगानी बढाउन सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेको छ । सकारात्मक सोचको माध्यमबाट रुढीबाढी परम्परालाई चिरफार गर्न सकिनेछ । लेखनकलाको माध्यमबाट अन्धबिश्वासलाई चिर्दै समाज रूपान्तरण गर्नमा तपाईको सक्रिय भूमिका रहनेछ । व्यापार तथा सेयरबजारबाट नाफा कमाउन सकिनेछ । तर पनि राजनीति तथा सामाजिक काम गर्दा ध्यान दिनुहोला आलोचना गर्नेहरू सक्रिय हुनेछन् । बिरोधीहरूको सक्रियता बढ्ने हुँदा काम गर्दा ध्यान दिनुहोला । भौतिक सम्पत्ति तथा सवारी साधनको कारोबार गर्दा ध्यान दिनुहोला अप्रिय घट्ना नहोला भन्न सकिन्न । अनावश्यक टिका टिप्पणीमा समय व्यातित हुनेछ । आहार विहार नमिल्दा स्वास्थ्यमा समस्या आउनेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
व्यापार बढ्नुको साथै आम्दानीमा बढोत्तरीको योग रहेको छ । कृषि तथा पशु चौपायाको व्यवसाय फस्टाएर जानेछ । उद्योग तथा सेयरबजारमा लगानी गरि नाफा कमाउन सकिनेछ । पारिवारिक जमघटमा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नुको साथै रमाइलो वातावरण समय व्यतित गर्न सकिनेछ । गायन तथा कलाकारीता क्षेत्रमा समय लगानी गर्नेहरूले नाम तथा दाम दुवै कमाउन सक्नेछन् । मंगलबारबाट घरेलु समस्याले सताउने तथा आमाको स्वास्थ्यमा खराबी आउन सक्छ । आफन्त तथा आफ्नो भन्नेहरूले तपाईको काममा बाधा तथा अवरोध गर्नेछन् । पढाइ लेखाइ सुस्त गतिमा अगाडि बढ्नेछ । माया प्रेममा आफ्नो मन मिल्ने मायालुलाई समय दिन नसक्दा सामान्य मनमुटाव सिर्जना हुनेछ । राजनीतिकर्मीका लागि समय अन्यदिन भन्दा मध्यम रहेको छ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
रमाइलो यात्रा गर्ने अवसर जुर्ने तथा यात्राका क्रममा साथीभाइका साथमा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । बोलीको प्रभाव बढ्ने हुँदा बोलेकै भरमा कामहरू सम्पादन हुनेछन् भने मोटिभेसन, काउन्सेलिङ तथा बोलेर गर्ने व्या.वसाय फस्टाएर जानेछ । व्यापार, सेयर बजारबाट आम्दानी हुनेछ भने भौतिक सम्पत्ति तथा धातु सङ्ग्रह गर्न सकिनेछ । आँट साहस तथा पराक्रममा बृद्धि भएर जाने हुनाले पुरुषार्थी काम गरेर नाम तथा दाम दुवै कमाउन सकिनेछ । न्यायिक निर्णयहरू तपाईँकै पक्षमा हुनेछन् । उद्योग तथा उत्पादनमूलक क्षेत्रमा लगानी गरी आम्दानी बढाउन सकिनेछ । लेखन, कला तथा साहित्यको क्षेत्रमा कलम चलाउनेहरूका लागि समय फलदायी रहेको छ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
दैनिक खर्च बढ्ने तथा आर्थिक व्यावस्थापन गर्न नजान्दा दिन प्रतिकूल बन्नेछ । आफन्त तथा अपरिचित व्यक्तिको विश्वास गर्नाले धोका पाइनेछ । स्वास्थ्यमा समस्या आउने तथा उपचार खर्च बढ्नेछ । तर पनि समाजमा राम्रा काम गर्न सकिने हुँदा इज्जत प्रतिष्ठामा बृद्धि हुनेछ । बन्द व्यापार, शेयरबजारको लगानी फस्टाएर जाने हुनाले आर्थिक अवस्था सुदृढ हुनेछ । प्रेममा एक अर्कालाई विश्वास गर्न सकिने मन प्रसन्न हुनेछ । नयाँ प्रविधिको प्रयोगमार्फत आम्दानी बढाउन सकिनेछ । राजनितिमा सबैलाई मिलाएर लान सकिने हुँदा पद प्राप्तिको योग रहेको छ । परिवारका साथ रहेर मिठो मसिनो भोजन गर्ने अवसर जुर्नेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
प्राकृतिक स्रोत साधन तथा पैतृक सम्पत्तिको प्रयोगमार्फन मनग्गे धन आर्जन गर्न सकिनेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने दैनिक मुनाफामा बृद्धि भएर जानेछ । औद्योगिक क्षेत्र तथा सेयर बजारमा लगानी गरि आम्दानी बढाउन सकिनेछ । पढाइ लेखाइमा उत्कृष्ट अङ्क ल्याउदै अरुभन्दा अग्रस्थानमा तपाईको नाम आउनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागी समय उत्तम रहेको छ । भौतिक सम्पत्ति हात लागी हुने योग रहेको छ । तर पनि स्वास्थ्यमा समस्या आई औषधि खर्च बढेर जानेछ । अग्रज तथा आफन्तसँग मनमुटाव सिर्जना हुनेछ । तापनि लामो दुरीको विदेश यात्राको गतिलो सम्भावना रहेको छ भने विदेशमा बसेर काम गर्नेहरूका लागि समयले साथ दिनेछ ।
कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)
राजनीतिज्ञ तथा समाजसेवीहरूले जनताको कामगरी पद प्राप्त गर्न सक्नेछन् । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले मनग्गे धन आर्जन गर्न सकिनेछ । कार्यक्षेत्रमा प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । इमान्दारिता तथा लगनशिलताको उच्च मूल्याङ्कन हुनेछ । पढाइ लेखाइमा मन जाने तथा नतिजा हात पार्न सकिनेछ । प्रेमको डोरो कसिलो हुनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोगमार्फत आफ्ना भनाइहरू जनमानसमा लैजान सकिनेछ । स्वास्थ्यमा आउने समस्याका कारण काम गर्न असजिलो हुनेछ । अनावश्यक काम तथा यात्रा नगर्नु नै राम्रो रहेकोछ, नराम्रा घट्नाहरू हुन सक्छन् । नियम तोडेर कुनै पनि काम नगर्नुहोला । सजाय भोग्नु पर्नेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
बौद्धिक, प्राज्ञिक तथा सिर्जनात्मक कामबाट भनेजस्तो नतिजा हात पार्न सकिनेछ । धर्म तथा अध्यात्म क्षेत्रमा बिशेष रुचि बढ्नेछ । दार्शनिक विषयवस्तुमा मन जाने हुनाले फराकिलो ज्ञान आर्जन गर्न सकिनेछ । व्यापार व्यावसाय तथा सेयरबजारको लगानी फस्टाएर जाने हुनाले प्रशस्त आम्दानी हुनेछ । दाम्पत्य सुख, प्रेम सम्बन्ध तथा पारिवारिक सम्बन्ध सुमधुर हुनेछ । तर पनि कार्यक्षेत्रमा काम गर्दा ध्यान दिनुहोला आलोचना गर्नेहरू सक्रिय हुनेछन् । अनावश्यक साईनो गास्ने तथा वचन दिनेहरूबाट सजक रहनुहोला । सरकारी तथा प्रशासनिक काम गर्दा ध्यान दिनुहोला । सेवा प्रवाह गर्नेहरूले समयमा काम नगर्दिनाले महत्त्वपूर्ण अवसरबाट बञ्चित हुनु पर्नेछ । राजनीतिकर्मीहरूका लागि समय मध्ययम रहेकोले जनताबाट आलोचना सहनु पर्नेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
भौतिक वस्तु तथा सवारी साधनको कारोबार गर्दा ध्यान दिनुहोला । समय मध्यम रहेको छ । आफन्त तथा साथीभाइसँग मनमुटाव सिर्जना हुने योग रहेको छ । व्यापारमा लगानी गरिहाल्ने समय नरहेकोले गरिरहेको कामलाई निरन्तरता दिनुहोला । माया प्रेममा एक अर्कालाई शंका गर्नाले छुट्टिनुपर्ने बाध्यता आउनेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउनेछ । तर पनि लामो दुरीको धार्मिक प्रतिष्ठान तथा मन्दिरतिरको यात्रा तय गर्न सकिनेछ । सरकारी तथा प्रशासनिक काममा सम्मानजनक उपस्थिति रहनेछ । परिवारजनको सहयोगले नयाँ योजनाहरू बनाउन सकिनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा सकारात्मक नतिजा हात लाग्नेछ भने अध्यानमा प्रगति भएर जानेछ । प्रेम तथा मित्रताको गाठो कसिलो भएर जानेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
प्रतिस्पर्धामा प्रतिस्पर्धीहरूलाई किनारा लगाउदै नतिजा हात पार्न सकिनेछ । न्यायिक निर्णयहरू तपाईँकै पक्षमा हुनेछन् । विलासी तथा भौतिक वस्तुका प्रयोग गर्न पाइनेछ । व्यापार तथा सेयर बजारबाट मनग्गे धन आर्जन हुने तथा व्यवसायकै सिलसिलामा यात्रा हुनेछ । प्रेमिल जोडीहरूका लागि समयले साथ दिनेछ । मंगलबार र बुधबारको समय मध्यम रहेकोले भौतिक सम्पति तथा सवारी साधनको कारोबार गर्दा ध्यान दिनुहोला । अप्रिय घट्ना नहोला भन्न सकिन्न । खानपानमा ध्यान नदिँदा स्वास्थ्यमा समस्या आउनेछ । सानातिना घरेलु समस्या सुल्झाउदा सुल्झाउदै समय बित्नेछ । आफन्त तथा चेली माइतीबिच मनमुटाव सिर्जना नहोला भन्न सकिन्न ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
प्रतिस्पर्धामा प्रतिस्पर्धीहरूलाई किनार लगाउँदै नतिजा आफैँतिर ल्याउन सकिनेछ । लामो समयदेखि रोकिएर बसेका कामहरू बन्नाले मन उत्साहित हुनेछ। शत्रु परास्त हुने तथा न्यायिक निर्णयहरू तपाईंकै पक्षमा आउनेछ । स्रोत साधन जुटाउदै व्यापारमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । सेयरबजार तथा वित्तीय क्षेत्रको लगानीबाट आम्दानीमा वृद्धि हुनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ । बिहीबारबाट भौतिक सम्पत्ति तथा सवारी साधन प्रयोग गर्दा ध्यान दिनुहोला नराम्रा घट्नाहरू हुन सक्छन् । घर परिवार तथा दिदिबहिनीसँग मनमुटाव बढ्नेछ । खानपान तथा मौसमको ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धी समस्याले सताउनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
साताको सुरु र अन्तको समय राम्रो रहेकोले अध्ययनमा भनेजस्तो उपलब्धि हासिल गर्न सकिनेछ भने अध्ययनकै सवालमा लामो दुरीको यात्रा हुनेछ । परिवार तथा सन्तानले व्यापारमा सहयोग गर्ने हुनाले मनग्गे धन आर्जन गर्न सकिनेछ । सेवामूलक काम वा शिक्षा क्षेत्रको कामबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरूका लागि समय राम्रो रहेको छ । मंगलबार र बुधबारको समय मध्यम रहेकोले न्यायलयसँग सम्बन्धित काममा आज अलमल हुनेछ भने न्यायिक निर्णयहरू तपाईँको पक्षमा नआउँन सक्छ ध्यान दिनुहोला । पढाइ लेखाइमा प्रतिस्पर्धीहरू नै हावी हुनेछन् । स्वास्थ्यमा आउने समस्याले खर्च बढ्ने योग रहेको छ । आफन्त तथा मावलीसँग सैद्धान्तिक राय बाजिनेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
पढाइ लेखाइमा मन नजाने हुनाले प्रतिश्पर्धामा अरुभन्दा पछि परिनेछ । शत्रु लाग्ने तथा न्यायिक निर्णयहरू तपाईको पक्षमा नहुने हुनाले मुद्दा मामिलामा सामेल नहुनुहोला । पाइला पाइलामा बाधा तथा अवरोध गर्नेहरू प्रशस्त भेटिने हुँदा सजक रहनुहोला । स्वास्थ्यमा समस्या आई दैनिक कामकाजहरू प्रभावित हुनेछन् । व्यापार व्यवसायमा नाफा कमाउन प्रशस्त समय खर्चिनु पर्नेछ । प्रेममा धोका हुनसक्छ ध्यान दिनुहोला । तर, पनि शुभचिन्तक तथा आफन्तको साथ सहयोगले उपलब्धिमूलक कामहरू गर्न सकिनेछ । बौद्धिकताको प्रयोगमार्फत चेतनाको स्तर उकास्न सकिनेछ । माया प्रेमको गाठो सकिनेछ । शिक्षा क्षेत्रसँग सम्बन्धित व्यापारमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । मन परेको मानिसबाट उपाहार तथा भौतिक सम्पत्ति प्राप्त हुनेछ । राज्यको नजिक भएर काम गर्नेहरूले पद पाउने योग रहेको छ ।