नेपाल पर्वतारोहण सङ्घको महासचिवमा सापकोटाको उम्मेदवारी

नेपाल पर्वतारोहण सङ्घको महासचिवमा सापकोटाको उम्मेदवारी

सोमवार, साउन २६ २०८२
सोमवार, साउन २६ २०८२
  • काठमाडौँ / नेपाल पर्वतारोहण सङ्घ (एनएमए) को महासचिव पदमा सगरमाथा आरोही शिवबहादुर सापकोटाले उम्मेदवारी घोषणा गर्नुभएको छ । 

    images
    images

    एनएमएको आगामी भदौ ७ गते हुने निर्वाचनमा सापकोटाले महासचिवको उम्मेदवारी घोषणा गर्नुभएको हो । सन् २००९ देखि नेपालको पर्वतीय पर्यटनको क्षेत्रमा क्रियाशील सापकोटा हाल सगरमाथा आरोही सङ्घको महासचिव हुनुहुन्छ । उहाँ एनएमएको एक कार्यकाल कार्यसमिति सदस्यमेत हुनुहुन्थ्यो । 

    महासचिवका प्रत्यासी सापकोटाले हालसम्म हासिल गरेको पर्वतीय पर्यटनका बहुआयामिक पक्षलाई कार्यान्वयन गर्न का लागि आफूले उम्मेदवारी दिएको बताउनुभयो । यसअघि एनएमएको अध्यक्ष पदमा पर्यटन व्यवसायी त्रय कुलमान गुरुङ, फुर्वा ग्याल्जेन शेर्पा र टीकराम गुरुङले उम्मेदवारी घोषणा गरेर चुनावी प्रचारप्रसारमा हुनुहुन्छ ।

    एनएमएका अध्यक्ष निमानुरु शेर्पाले नयाँ नेतृत्वका लागि सहमतिको प्रयास गरिए पनि सफल नभएकाले आगामी निर्वाचनबाट नयाँ नेतृत्व चयन गर्न नियमित प्रक्रिया सुरु भइसकेको जानकारी दिनुभयो । तीनवर्षे कार्यकाल रहने एनएमएको निर्वाचनबाट अध्यक्षसहित पदाधिकारी र सदस्य गरी २५ सदस्यीय कार्यसमिति चुनिनेछ । यसमा तीन सदस्य मनोनयन गर्ने व्यवस्था छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय