आज वि.सं. २०८२ साल साउन २६ गते, सोमबार तदनुसार ईश्वी सन् २०२५ अगस्ट ११ तारिख, नेपाल संवत् ११४५, सिद्धार्थी संवत्सर, दक्षिणायनं, वर्षा ऋतु, श्रीशाके १९४७, भाद्र कृष्णपक्ष, द्वितीया तिथी, बिहान ११ः३१ बजपछि तृतीया, शतभिषा नक्षत्र, आनन्दादिमा–अमृत योग, चन्द्रराशि–कुम्भ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आजको आर्थिक पक्ष बलियो रहनेछ। पैतृक सम्पत्ति तथा सञ्चित धनको प्रयोगबाट आम्दानी बढ्नेछ। व्यापार, सेयर बजार र कृषिमा लगानीले मनग्गे नाफा दिलाउनेछ। नयाँ आम्दानी स्रोत फेला पर्नेछ भने रोकिएका काम बन्नेछन्। श्रमको उचित मूल्याङ्कन भई दिगो काम सुरु हुनेछ। छोटो समयमै आर्थिक उपलब्धि हासिल हुने सम्भावना छ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
व्यापार, सेयर बजार र रचनात्मक क्षेत्रमा लगानीले मनग्गे आम्दानी र प्रतिष्ठा दिलाउनेछ। सेवामूलक कार्य, राजनीति वा समाजसेवामा संलग्नता बढ्दा इज्जत वृद्धि हुनेछ। नयाँ अवसर, नोकरीमा बढुवा र नयाँ प्रस्ताव प्राप्त हुनेछन्। पहिलेको सफलताले हौसला दिँदै विशिष्ट व्यक्तिसँग सम्बन्ध विस्तार हुनेछ। मिहिनेतले आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
समाजहित र सेवामूलक कामबाट इज्जत बढ्नेछ। वित्तीय बजारमा लगानीले आर्थिक स्थिति सुदृढ हुनेछ। बोलेर गर्ने व्यवसाय फस्टाउनेछ भने रचनात्मक काममा सफलता मिल्नेछ। आध्यात्मिक चेतनाले धर्मकर्ममा प्रवृत्त भइ लक्ष्यमा पुगिनेछ। साथीभाइको सहयोग र भौतिक साधनको प्राप्तिले नयाँ कामको जग बसाउने अवसर मिल्नेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
व्यापारमा नयाँ लगानी नगरी पुराना कामलाई निरन्तरता दिनु उपयुक्त हुनेछ। भौतिक वस्तु तथा सवारीसाधन कारोबारमा सावधानी अपनाउनुहोस्। विश्वास पात्रबाट धोका र गोपनीयता फास हुने सम्भावना छ। स्वास्थ्यमा समस्या आउन सक्ने भएकाले खानपान र व्यायाममा ध्यान दिनुपर्छ। पायक स्थानमा भ्रमण सम्भव भए पनि समय र धन बचतमा जोड दिनु हितकर हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
साथीभाइको सहयोग र घरायसी सुविधाको उपयोगबाट काममा उत्साह बढ्नेछ। निर्माण सामग्री व्यापार, साझेदारी व्यवसाय र सेयर बजारमा लगानीले राम्रो आम्दानी दिलाउनेछ। विपरीत लिङ्गको सहयोगले अवसरहरू बढ्नेछन्। विलासी वस्तुको प्रयोग र सामाजिक सत्कारबाट प्रतिष्ठा बढ्नेछ। आम्दानीसँगै रमाइलो यात्रा, प्रियभेट र विशेष उपहार प्राप्त हुने सम्भावना छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
विद्या र प्रतिस्पर्धामा विजय प्राप्त गरी लक्ष्य हासिल हुनेछ। व्यापार र सेयर बजारमा लगानीले प्रशस्त आम्दानी दिलाउनेछ। पुराना ऋण, रोग र शत्रुबाट मुक्ति पाई मन हलुका हुनेछ। आफन्त र मावली पक्षको सहयोगले महत्वपूर्ण अवसर प्राप्त हुनेछ। पहिलेको सफलताले हौसला दिँदै दिगो फाइदा हुने कामको जग बसाउने सम्भावना छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
शुभचिन्तक र आफन्तको सहयोगले उपलब्धिमूलक काम सम्पन्न हुनेछ। बौद्धिकता र योजनाबद्ध प्रयासबाट शिक्षा क्षेत्र तथा सेयर बजारमा लगानीको राम्रो फाइदा मिल्नेछ। मनपर्ने व्यक्तिबाट उपहार वा सम्पत्ति प्राप्त हुनेछ। राज्यसँग नजिक भएर काम गर्नेहरू पदमा पुग्ने सम्भावना छ। सुखद समाचार, लामो यात्रा र दिगो फाइदा हुने अवसर जुट्नेछन्।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सहयोग कम भए पनि सवारी साधन र कृषि क्षेत्रमा संलग्नले राम्रो आम्दानी गर्न सक्नेछन्। पढाइ वा काममा समय दिन नसक्दा पछाडि पर्न सकिन्छ। आर्थिक योजनामा बाधा आउन सक्छ र नजिकका व्यक्तिसँग मनमुटाव बढ्ने सम्भावना छ। शत्रु परास्त भई रोगबाट मुक्ति मिल्नेछ। लामो दूरीको यात्रा सम्भावित छ भने व्यापारमा आफन्तको आंशिक सहयोग पाइनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
उद्योग, व्यापार र सेयर बजारमा लगानीले राम्रो आम्दानी र आर्थिक प्रगति दिलाउनेछ। पढाइमा सफलता मिलेर आफन्त खुसी हुनेछन्। विवाद र न्यायिक निर्णय आफ्नो पक्षमा आउँदा मन प्रसन्न हुनेछ। बोलीमा प्रभाव बढ्नेछ, अग्रजको सहयोग पाई नाम, दाम र इनाम आर्जन हुनेछ। शत्रु परास्त भई प्रतिस्पर्धी पछि हट्नेछन्, मिहिनेतले सफलताको उचाइ दिलाउनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
व्यापार र वित्तीय क्षेत्रमा लगानीले आम्दानी बढ्नेछ। खाद्यान्न, विलासी सामान र निर्माण सामग्रीको व्यापारमा वृद्धि हुनेछ। पारिवारिक जमघटमा रमाइलो समय बित्नेछ। गाएन, हास्य र कलाकारितामा लगानीले नाम र दाम दुवै कमाउन सकिनेछ। अध्ययनमा प्रगति हुनेछ र दिगो फाइदा हुने काममा सम्झौता हुनेछ। मिहिनेतले सम्मान र आर्थिक फाइदा दिलाउनेछ। बोलीको प्रभावले आर्थिक क्रियाकलापमा सहयोग पुर्याउनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
नयाँ कामको अवसर आएर गरिरहेको कामबाट मनग्गे धन आर्जन हुनेछ। टाढिएका मित्र र आफन्तसँग भेटले मन प्रसन्न हुनेछन्। रचनात्मक काममा सुधार गरी विलासी वस्तुको प्रयोगले ध्यान आकर्षित गर्न सकिनेछ। माया प्रेममा नजिक हुने समय छ। राजनीति र सामाजिक काममा संलग्नले पद प्राप्ति हुनेछन्। यात्रा, मनोरञ्जन र स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। शुभचिन्तकको सल्लाह लिएर निर्णय लिनु लाभदायक हुनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
महत्त्वाकाङ्क्षी योजना तुरुन्त सुरु नगर्नु लाभदायक छ। स्वास्थ्य समस्याले काममा असर पुर्याउन सक्छ। अनावश्यक यात्रा र कामबाट बच्नुपर्छ, नियम तोड्दा सजाय पर्न सक्छ। विदेश यात्राको मौका छ भने विदेशमा व्यवसायले राम्रो आम्दानी दिलाउनेछ। फजुल खर्च र व्यर्थ कार्यबाट बच्न आवश्यक छ। परिस्थिति अनुसार आफन्तबाट टाढिनुपर्ने हुन सक्छ। कडा मेहनत र सोचविचारले अवसर हात पार्न सकिनेछ।