आजको मौसम : मधेश प्रदेशलगायत तराई भूभागमा बर्षाको सम्भावना

आजको मौसम : मधेश प्रदेशलगायत तराई भूभागमा बर्षाको सम्भावना

सोमवार, साउन २६ २०८२
सोमवार, साउन २६ २०८२
  • आजको मौसम : मधेश प्रदेशलगायत तराई भूभागमा बर्षाको सम्भावना

    काठमाडौँ / जल तथा मौसम विभागका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। आज दिउँसो देशका पहाडी भूभागका धेरै स्थानहरूमा र मधेश प्रदेशलगायत देशका बाँकी तराई भूभागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। 

    images
    images

    कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशको पहाडी भूभाग र लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको तराईको भूभागको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

    सोमबार राति मधेश प्रदेशलगायत कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको पहाडी र तराई भूभागका धेरै स्थानहरूमा र बाँकी प्रदेशको पहाडी र तराई भूभागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। 

    कोशी प्रदेशको पहाडी भूभाग तथा मधेश प्रदेशलगायत कोशी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको तराईको भूभागको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय