युक्रेनको सेनाले आइतबार हालैका दिनहरूमा महत्त्वपूर्ण प्रगति गरेको रुसी सेनाबाट सुमी क्षेत्रको एक गाउँ फिर्ता लिएको बताएको छ ।
युक्रेनी सेनाले बेजसालिभकाबाट रुसी सेनालाई ‘मुक्त गरेको र पूर्ण रूपमा खाली गरेको’ सैन्य महासचिवालयले टेलिग्राम पोस्टमा बताएको छ । पोस्टमा लडाइँमा १८ रुसी सैनिक ‘मारिएको’ उल्लेख छ ।
यो गाउँ देशको उत्तरमा युद्धको मोर्चामा छ र उत्तरी क्षेत्रमा दुई सेनाबीच भइरहेको मुख्य लडाइँबाट करिब २० किलोमिटर ९१३ माइल० पश्चिममा अवस्थित छ ।
सन् २०२२ फेब्रुअरीमा युक्रेनमा आक्रमण गरेको रुसले युक्रेनी सेनाबाट आफ्नो कुस्र्क क्षेत्र पुनः कब्जा गरेपछि अप्रिलमा सुमीमा नयाँ आक्रमण सुरु गरेको थियो ।
रुसी सेना हाल सुमीको क्षेत्रीय राजधानीबाट करिब २० किलोमिटर टाढामा छ । सुमीको क्षेत्रीय राजधानी बारम्बार घातक गोलाबारी आक्रमणको निशाना बनेको छ ।
रुसी आक्रमणको मुख्य फोकस पूर्वी युक्रेनमा छ । त्यहाँ रुसले हालैका महिनाहरूमा कम सुसज्जित प्रतिद्वन्द्वीहरूविरुद्ध आफ्ना जीतहरू बढाएको छ ।