खुद ब्याज आम्दानी घटे पनि कृषि विकास बैंकको नाफामा उच्च बृद्धि, यस्तो छ कारण

खुद ब्याज आम्दानी घटे पनि कृषि विकास बैंकको नाफामा उच्च बृद्धि, यस्तो छ कारण

आइतवार, साउन २५ २०८२
आइतवार, साउन २५ २०८२
  • खुद ब्याज आम्दानी घटे पनि कृषि विकास बैंकको नाफामा उच्च बृद्धि, यस्तो छ कारण

    कृषि विकास बैंक लिमिटेडले  गत आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्म नाफा रकम उल्लेखनीय रूपमा वृद्धि गरेको छ। अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकले ३ अर्ब ८२ करोड ८५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको २ अर्ब ५७ करोड १५ लाख रुपैयाँको तुलनामा ४८.८८ प्रतिशतले बढी हो।

    images
    images

    इम्पेरमेन्ट चार्ज घटेसँगै बैंकको नाफा रकममा उच्च बृद्धि देखिएको हो । बैंकको इम्पेरमेन्ट चार्ज २ अर्ब ४५ करोड रुपैयाँबाट झरेर मात्र १० करोड रुपैयाँमा पुगेको हो। 

    समीक्षा अवधिमा खराब कर्जा अनुपात ३.९१ प्रतिशतबाट घटेर ३.२६ प्रतिशतमा झरेको छ । 

     चौथो त्रैमाससम्म बैंकले खुद ब्याज आम्दानी ६.९३ प्रतिशत र फि तथा कमिशन आम्दानी ७.२१ प्रतिशतले घटेको भए पनि बैंकको सञ्चालन मुनाफा  ४१.२९ प्रतिशतले बढेको छ । जसले गर्दा नाफा बढ्न सहयोग पुगेको देखिन्छ । 

    समीक्षा अवधिमा बैंकको कुल सञ्चालन आम्दानी भने १.८४ प्रतिशतले घटेको । नाफा वृद्धिसँगै प्रतिशेयर आम्दानी (इपिएस) ९ रुपैयाँ ७ पैसा बढेर २७ रुपैयाँ ६३ पैसा पुगेको छ। 

    असार मसान्तसम्म बैंकको मूल्य-आम्दानी अनुपात ११.८४ गुणा, प्रतिशेयर नेटवर्थ २४१ रुपैयाँ ४ पैसा र वितरणयोग्य मुनाफा २ अर्ब ५५ करोड २० लाख रुपैयाँ रहेको छ।

    यस अवधिमा बैंकको १३ अर्ब ८५ करोड ५२ लाख रुपैयाँ चुक्ता पुँजी र १९ अर्ब ८६ करोड रुपैयाँ जगेडा कोष रकम रहेको छ । 

    बैंकले समीक्षा अवधिमा २ खर्ब ९३ अर्ब ५७ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब १३ अर्ब १४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय