सिटिजन्स बैंकको नाफा १ अर्ब २९ करोडमा सीमित, बढ्यो खराब कर्जा

सिटिजन्स बैंकको नाफा १ अर्ब २९ करोडमा सीमित, बढ्यो खराब कर्जा

आइतवार, साउन २५ २०८२
आइतवार, साउन २५ २०८२
  • सिटिजन्स बैंकको नाफा १ अर्ब २९ करोडमा सीमित, बढ्यो खराब कर्जा

    काठमाडौँ / सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको नाफा अघिल्लो आर्थिक बर्षको तुलनामा सामान्य घटेको छ । आर्थिक बर्ष २०८०/८१ मा १ अर्ब ३२ करोड रुपैयाँ नाफा कमाएको बैंकले समीक्षा अवधिमा सो तुलनामा २.०८ प्रतिशत कम नाफा आर्जन गरेको हो । 

    images
    images

    आर्थिक २०८१/८२ आर्थिक वर्षको चौथो त्रैमाससम्ममा बैंकले १ अर्ब २९ करोड ३३ लाख रुपैयाँ मात्रै खुद नाफा कमाएको हो । यसैगरी बैंकको खुद ब्याज आम्दानी ११.२० प्रतिशत र फि तथा कमिसन आम्दानी १९.७४ प्रतिशतले बढको छ । 

    समीक्षा अवधिमा बैंकको खराब कर्जा अनुपात ४.१० प्रतिशतबाट बढेर ४.९४ प्रतिशत पुगेको छ। यससँगै इम्पेरमेन्ट चार्ज १ अर्ब ७२ करोडबाट २ अर्ब ६७ करोड पुगेको छ, जसले सञ्चालन मुनाफा २.३२ प्रतिशतले घटाएको हो।

    असार मसान्तसम्म बैंकको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ७६ पैसा र नेटवर्थ १५५ रुपैयाँ ४२ पैसा रहेको छ। समीक्षा अवधिसम्म बैंकको चुक्ता पुँजी १४ अर्ब ७६ करोड ९० लाख रुपैयाँ र जगेडा कोषमा ८ अर्ब १८ करोड रुपैयाँ छ।

    गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले २ खर्ब ११ अर्ब ५० करोड रुपैयाँ निक्षेप सङ्कलन गरी १ खर्ब ६८ अर्ब ९५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय