विद्युत् व्यापारमा साढे ४ अर्ब फाइदा : प्रधानमन्त्री ओली

विद्युत् व्यापारमा साढे ४ अर्ब फाइदा : प्रधानमन्त्री ओली

शनिवार, साउन २४ २०८२
शनिवार, साउन २४ २०८२
  • विद्युत् व्यापारमा साढे ४ अर्ब फाइदा : प्रधानमन्त्री ओली

    काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युत् व्यापारमा नेपाललाई रु साढे चार अर्ब फाइदा भएको बताएका छन् । प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत नेपालले विद्युत्मा यस वर्ष साढे चार अर्ब फाइदा गरेको बताएका छन् । 

    images
    images

    “हामीले यस वर्ष साढे चार अर्ब फाइदा (आयातभन्दा साढे चार अर्ब रुपैयाँ बढीको बिजुली विदेश निर्यात) गर्ने सफलता पाएका छौँ । हामीले विद्युत् आयात परिमाण घटाउँदै लगेका छौँ”, प्रधानमन्त्री ओलीले उल्लेख गरेका छन् । 

    प्रधानमन्त्री ओलीले विगतमा बिजुलीको आमप्रयोगमा विद्युत्भार कटौती हटे पनि उद्योगमा विद्युत् कटौती गरिँदै आएकामा अब उद्योगमा पनि विद्युत् प्रवाह बढाइएको उल्लेख गरेका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय