बिकेन जीवन दाउमा राखेर सङ्कलन गरिएको यार्सागुम्बा, सङ्कलक र व्यापारी मारमा

बिकेन जीवन दाउमा राखेर सङ्कलन गरिएको यार्सागुम्बा, सङ्कलक र व्यापारी मारमा

बिहिवार, साउन २२ २०८२
बिहिवार, साउन २२ २०८२
  • बिकेन जीवन दाउमा राखेर सङ्कलन गरिएको यार्सागुम्बा, सङ्कलक र व्यापारी मारमा

    मुगु / मुगुको मुगमकामारोङ्ग गाँउपालिकाको वन क्षेत्रमा पाइने बहुमूल्य जडिबुटी यार्सागुम्बाको कारोबारमा समस्या आएको छ । अन्तर्राष्ट्रियदेखि स्थानीय बजारमा मूल्य घटेका कारण व्यवसायीहरू मारमा परेका छन् । 

    images
    images

    संकलनकर्ता र ब्यापारीहरूबिच कारोवार नहुँदा करिब दुई क्विन्टर यार्सागुम्बा मुगुमै थन्किएपछि सङ्कलक र ब्यापारी मारमा परेका हुन् । तथ्याङ्क अनुसार यार्सागुबाको बारोवार गत बर्षहरू भन्दा पछिल्ला बर्षहरूको घट्दो अवस्थामा छ । 

    आर्थिक बर्ष २०८०/०८१मा मुगुबाट ७९.२०७ केजी निर्यात हुँदा प्रतिकेजी ३१ हजार रुपैयाँको दरले २४ लाख ५५ हजार चारसय १७ रुपैयाँ राजश्व सङ्कलन भएको थियो । तर पछिल्लो आ.व २०८१/०८२मा २६.२ केजी निर्यात हुँदा ८ लाख १२ हजार २ सय रुपैयाँ राजश्व सङ्कलन भएको देखिन्छ ।

    अवैध चोरी निकासी,  परिपक्क उमेर नहुँदै सङ्कलन, जनचेतनाको कमी, बन क्षेत्रमा आगलागी, जलवायु परिवर्तनका कारण यार्सागुम्बा उत्पादनका कम भएपछि कारोवार पनि घट्दै गएको देखिन्छ । तर संरक्षण र जन चेतनाका कार्यक्रमको तयारी भइरहेको डिभिजन वन कार्यालय मुगुका निमित्त कार्यालय प्रमुख प्रकाश गिरी बताउँछन् ।

    गत वर्ष प्रतिगोटा यार्सागुम्बाको ५०० देखि १ हजार, प्रतिकेजीको १७ लाखदेखि १८ लाखसम्म कारोबार हुने गरेको थियो । तर, यसबर्ष कारोबार घट्दा स्थानीयको दैनिक जीवनयापनमा समस्या भएको स्थानीय टारी लामाले बताए ।

    मुगुका विभिन्न स्थानमा पाइने यार्सागुबा दुई क्विन्टल भन्दा बढी संकलन हुनेगर्छ । तर यसबर्ष मूल्य कम हुँदा कारोबार पनि घटेको मुगमकामारोङ्ख गाँउपालिका २ नम्बर वडा अध्क्षय च्यावा लामाले बताए ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय